स्वदेशी लगानीका चार जलविद्युत आयोजना साधारण सेयर निष्काशनको तयारीमा

Nov 17, 2017 merolagani

नेपालको आफ्नै लगानीमा निर्माण भइरहेका चार महत्वपूर्ण जलविद्युत आयोजनाले निकट भविष्यमा साधारण शेयर जारी गर्ने तयारी गरेका छन ।  माथिल्लो तामाकोशी, रसुवागढी, साञ्जेन र मध्य भोटेकोशी जलविद्युत आयोजनाले साधारण शेयर जारी गर्ने तयारी गरेका हुन । साधारण शेयर जारी गर्ने तयारीमा रहेका आयोजना स्वदेशी लगानीमा नै निर्माण भइरहेका छन ।

नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको आधारमा हेर्दा साञ्जेन जलविद्युत आयोजनाले सीमित साधारण शेयर जारी गर्ने तयारी गरेको छ । सो आयोजनाले ८७ करोड ६० लाख बराबरको ८७ लाख ६० हजार कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो । 

उक्त कम्पनीले माथिल्लो साञ्जेन र साञ्जेन गरी दुई जलविद्युत आयोजना निर्माण गरिरहेको छ । ती आयोजनाको कूल क्षमता ५७.३ मेगावाट रहेको छ । सो कम्पनीको साधारण शेयर नागरिक लगानी कोषमार्फत बिक्री गरिनेछ ।

चिलिमे जलविद्युत कम्पनीको सहायक कम्पनी रसुवागढी हाइड्रोपावर लिमिटेडले पनि आगामी एक महिनाभित्र सीमित साधारण शेयर जारी गर्ने तयारी गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलगत्तै सो आयोजनाले सीमित साधारण शेयर जारी गर्ने छ । कूल १११ मेगावाट क्षमताको सो आयोजनाले साधारण शेयर जारी गर्ने प्रयोजनका लागि धितोपत्र बोर्डमा गत वैशाख १३ गते नै आवेदन दिइसकेको छ ।

आयोजनाका प्रमुख माधव कोइरालाका अनुसार साधारण शेयर जारी गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । पहिलो चरणमा बिक्री गर्न लागिएको शेयर कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, नेपाल विद्युत प्राधिकरण र चिलिमे जलविद्युत कम्पनीका कर्मचारीले खरिद गर्न पाउने व्यवस्था छ ।

शेयर संरचनाअनुसार कोषका पाँच लाख सञ्चयकर्ता लागि १९.५ प्रतिशत, प्राधिकरणका लागि ३.५ प्रतिशत र सञ्चयकोषमा कार्यरत कर्मचारीका लागि १ प्रतिशत शेयर बिक्री गरिनेछ । पहिलो चरणमा रु एक अर्ब ६४ करोड २१ लाख ४० हजार बराबरको एक करोड ६४ लाख २१ हजार ४० कित्ता शेयर निष्काशन गरिनेछ ।

यस्तै आयोजना प्रभावित रसुवालीका लागि १० प्रतिशत र अन्य सर्वसाधारणका लागि १५ प्रतिशत शेयर बिक्री गर्ने गरी तयारी गरिएको छ । कम्पनीले सिद्धार्थ क्यापिटल, एनआइबिएल, ग्लोबल आइएमइ र एनसिएम मर्चेन्ट बैंकिङमार्फत साधारण शेयर बिक्री गर्नेछ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

त्यस्तै, राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले पनि आगामी माघको पहिलो साता साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ ।

आयोजनाले सर्वसाधारणका लागि रु एक अर्ब ५८ करोड ८५ लाख बराबरको एक करोड ५८ लाख ८५ हजार कित्ता शेयर बिक्री गर्ने तयारी गरेको छ ।

सर्वसाधारणका लागि कूल शेयरको १५ प्रतिशत, आयोजना प्रभावित दोलखाका जनताका लागि छुट्याइएको १० प्रतिशत साधारण शेयरसमेत आगामी माघमा नै बिक्री गरिनेछ । स्थानीयवासीले दोलखाका सहकारी संस्थामार्फत पनि शेयर खरिद गर्न सक्नेछन ।

आयोजनाले प्रभावितका लागि जारी पुँजीको १० प्रतिशत अर्थात एक अर्ब पाँच करोड ९० लाख बराबरको एक करोड पाँच लाख ९० हजार कित्ता शेयर बिक्री गर्नेछ ।

कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको भौतिक निर्माणको काम ९२ प्रतिशत सम्पन्न भएको छ । आगामी आइतबार सुरुङसमेत ‘ब्रेक थ्रु’ भएपछि आयोजनाको भौतिक प्रगति ९४ प्रतिशतको हाराहारीमा पुग्ने बताइएको छ ।
आगामी असारमा आयोजनाको पहिलो युनिट सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ ।

यस्तै चिलिमे जलविद्युत कम्पनीको सहायक कम्पनीमध्ये भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले पनि रु दुई अर्ब ९४ करोड बराबरको साधारण शेयर जारी गर्ने तयारीलाई अन्तिमचरणमा पु¥याएको छ । कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धक तोकेको छ ।

पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि रु एक अर्ब १७ करोड बराबरको एक करोड सत्र लाख कित्ता शेयर, संस्थापक शेयरधनी संस्थाका कर्मचारीका लागि रु २१ करोड बराबरको २१ लाख कित्ता शेयर र ऋणदाता संस्थाका कर्मचारीका लागि रु ६ करोड बराबरको ६ लाख कित्ता शेयर जारी गर्ने तयारी गरिएको छ ।

दोस्रोचरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका लागि रु ६० करोड बराबरको साठी लाख कित्ता साधारण शेयर जारी गरिने छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।