रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारीमा प्रविणरमण पराजुली नियुक्त

Nov 21, 2017 merolagani

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रविणरमण पराजुली नियुक्त भएका छन् । इन्स्योरेन्सको सञ्चालक समितिले पराजुलीलाई ४ वर्षको लागि सीईओमा नियुक्त गरेको हो ।

तर पराजुलीले करिब दुई महिनामछि मात्र रिलायन्सको प्रमुख कार्यकारीको जिम्मेवारी समाल्ने भएको छन् । हाल नविल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत छन् ।

दुई अर्ब १० करोड अधिकृत पुँजी रहेको यस कम्पनीमा हाल प्रवद्र्धकको तर्फबाट १ अर्ब ४७ करोड रुपैयाँ लगानी छ । कम्पनीले निकट भविष्यमा सर्वसाधारणका लागि ६३ करोड रुपैयाँको शेयर जारी गर्ने बताएको छ ।

रिलायन्स लाइफले थाल्यो कारोबार, सर्वसाधरणलाई ६३ करोडको सेयर जारी गर्ने

बीमा समितिबाट गत कात्तिक २६ गते कारोबार गर्ने अनुमति  पाएकाे कम्पनीले मंसिर १ गतेदेखि औपचारिक कारोबार शुरु गरेको छ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।