बाम गठबन्धनको सरकार बन्दैमा सेयर लगानीकर्ता आत्तिनु पर्दैन : क्षेत्री

Dec 10, 2017 merolagani

'राजनैतिक परिदृष्यले मात्र सेयरबजार चल्दैन'

बाम गठबन्धनको सरकार बन्दैमा सेयर लगानीकर्ता आत्तिनु पर्दैन । लगानीकर्ताले राम्रा कम्पनी छानेर विवेक पु¥याएर ढुक्कसँग लगानी गरे हुन्छ ।  सरकारमा को छ ? को आयो भन्दापनि कुन कम्पनीको अवस्था के छ ? सबलपक्ष के छन ? दुर्बल पक्ष के छन ? त्यो हेरेर सेयरबजारमा लगानी गर्ने हो ।


 
यसो भएपछि मान्छे मार्केटमा टिक्न सक्छन, होईन भने लहै लहैमा लागेर सेयर किन्नेहरु डुव्छन। बाढी आएपछि माछा छोप्न पाईन्छ भनेर लगानी गर्नेहरु बाढीमा बग्न पनि सक्छन ।

बामगठबन्धन नेपाली जनताप्रति उत्तरदायी भएर जिम्मेवारी लिन आएको छ । उत्तरदायी भएन भने उनीहरुलाई पनि चियामा परेको झिगां जस्तो ट्याप्प टिपेर मिल्काउन सक्नुपर्छ । त्यो हक नेपाली जनताको छ । यसैले उनीहरुले जनताको चाहाना बमोजिम काम गर्नुपर्छ । गर्लान पनि ।

राजनितिक रुपमा सरकारमा को आँउछ र को जान्छ भन्ने कुराले सेयर बजारमा तलमाथि हुन्छ भन्ने कुरामा म सहमत हुन सक्दिन । सैद्धान्तिक रुपमा बाम गठबन्धनको सरकार आउँदा राजनैतिक स्थायित्व हुन्छ, अब स्थायी सरकार बन्छ भन्ने सन्देश जानुपर्ने हो ।

स्थायी सरकार हुने भएपछि लगानीकर्ताहरु ढुक्क हुनुपर्ने हो, तर, त्यसो किन हुन सकिरहेको छैन भन्दा बजारमा चलखेल गर्नेहरु धेरै छन । अहिले पनि बजारमा फलानो मन्त्री आए मालामाल हुने, फलाना आए खत्तम हुने आदि चर्चा हुने गर्छ । सेयर बजार बहानाहरु राखेर लगानी गर्ने ठाँउ होईन ।

राजनैतिक परिदृष्यले मात्र सेयरबजार चल्छ ्भन्न थालियो भन्यो त्यो जनताहरुलाई भ्रम छर्ने काम मात्र हुन्छ । नेपालको सेयरबजार आर्थिक सूचकहरुले परिभाषित गर्ने दिशामा रहनुपर्छ ।

(पूर्व गभर्नर तथा अर्थविद दीपेन्द्र  बहादुर क्षेत्रीसँग गरिएको कुराकानीमा आधारित )

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।