पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा सम्याउने काम तीव्र गतिमा

Dec 25, 2017 rss

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा सम्याउने काम तीव्र गतिमा अघि बढेको छ । निर्माणको जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनी चाइना सिएएमसी इञ्जिनियरिङ कम्पनीले विमानस्थलको जग्गा सम्याउने काम गरिरहेको छ ।


जग्गा सम्याउन डोजर, एक्साभेटर, लोडर र टिपरको प्रयोग भइरहेको आयोजनाका प्रशासकीय अधिकृत प्रमोदकुमार यादवले जानकारी दिए ।

कम्पनीका प्रमुख जेरी याङका अनुसार यस वर्षको हिउँदसम्ममा विमानस्थलको जग्गा सम्याउने काम सम्पन्न गरिने छ । जग्गा सम्याएपछि टर्मिनल भवन र धावनमार्ग निर्माणको काम अघि बढाइने छ ।

अहिले १०० जनाभन्दा बढी चिनियाँ प्राविधिक र नेपाली कामदार विमानस्थलको काममा खटिएका छन् । कम्पनीले कार्यालय भवन, प्राविधिक तथा मजदुर बस्ने अस्थायी भवनको निर्माण सकेको छ । चिनियाँ एक्जिम बैंकको करिब रु २२ अर्बको ऋण सहयोगमा निर्माण शुरु गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सन् २०२० जुलाईसम्ममा सक्ने लक्ष्य राखिएको छ ।

विसं २०३२ मा पोखरा–लेखनाथ महानगरपालिका–१४ छिनेडाँडामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न तीन हजार १०६ रोपनी जमिन अधिग्रहण गरिएको थियो । नपुग भएपछि ६२९ रोपनी जमिन थप अधिग्रहण गरिएको हो ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।