इन्भेष्टर्स फोरम र बैंकर्स एसोसिएसनले पूँजी बजारको समस्या समाधान गर्न सहकार्य गर्ने

Dec 31, 2017 Merolagani

पूँजी बजारमा निरन्तर गिरावट आएपछि नेपाल इन्भेष्टर्स फोरम सदस्यहरुले नेपाल बैंकर्स एसोसिएसनका पदाधिकारीहरुसँग छलफल गरेको छ । इन्भेष्टर्स फोरमले बैंकहरुलाई ब्रोकर लाईसेन्स, मार्जिन कर्जा र मार्जिन कल, मार्जिन कर्जाको ब्याजदर, हकप्रद र बोनसमा मार्जिन गणना गर्ने विधि, वित्त र धितोपत्र बजारका समस्या समाधानमा सहकार्य गर्ने बिषयमा बैंकर्सहरुको ध्यानाकर्षण गरिएको जनाएको छ ।

पछिल्लो केही दिनयता पूँजी बजारका बारेमा सर्वसाधारण लगानीकर्ताहरुलाई भ्रममा पार्ने उद्देश्यले विभिन्न व्यक्ति तथा संस्थाहरुले नकारात्मक टिका टिप्पणी तथा विश्लेषण गरी पुँजी बजारलाई धरासायी बनाउने काम भैरहेको फोरमले जनाएको छ ।

छलफलमा फोरमका तर्फबाट अध्यक्ष अम्बिकाप्रसाद पौडेलले सेयर बजारलाई व्यवस्थित गर्ने तथा कार्यक्षेत्र विस्तार गर्ने सन्दर्भमा बैंकलाई ब्रोकरेज सेवाको अवसर दिनुपर्ने, शेयर कर्जालाई बैंक तथा बित्तिय संस्थाहरुले लगानीको एउटा क्षेत्रको रुपमा लिई सोही बमोजिम लगानी विस्तार गर्नुपर्ने, सेयर कर्जालाई अतिरिक्त तरलता ब्यबस्थापन गर्ने क्षेत्रको रुपमा नलिई लगानीको एउटा सुरक्षित तथा पुँजी निर्माणको आधार क्षेत्रको रुपमा लिनुपर्ने धारणा राखे ।

पौडेलले शेयर कर्जामा सबै भन्दा बढी १५० प्रतिशतको जोखिम भारितमा राख्ने व्यवस्थालाई तत्काल १०० मा ल्याउनको लागि संयुक्त रुपमा पहल गर्ने, ऋण लिई सकेपछि सूचीकृत कम्पनीहरुले प्रदान गर्ने बोनश तथा हकप्रद शेयर रोक्का नै रहेको अबस्थामा मूल्यांकनको आधार बुक क्लोज हुने दिन कायम रहेको मूल्यलाई मानी सोही अनुसार मात्र मार्जिन कल गर्नुपर्ने आग्रह गरे ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।