बोटलर्स नेपालले बाँड्न थाल्यो लाभांश, कसरी पाउने ?

Jan 11, 2018 Merolagani

बोटलर्स नेपाल तराई (BNT) ले पुस २८ गते शुक्रबारदेखि २५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मंसिर २५ गते सम्पन्न साधारण सभाबाट पारित भएबमोजिम प्रतिकित्ता २५ रुपैयाँको दरले नगद लाभांश वितरण गर्न लागेको हो ।

कम्पनीले वितरण गर्ने लाभांश धितोपत्र बोर्डको निर्देशन बमोजिम सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग मार्फत सेयरधनीको हीतग्राही खातामा नै नगद लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ ।

यसका लागि सेयर डिम्याट गरिसकेका सेयरधनीलाई हीतग्राही खातामा बैंक खातामा अद्यावधिक गराउन कम्पनीले अनुरोध गरेको छ । 

हालसम्म पनि आफ्नो सेयर डिम्याट नगराएका सेयरधनीलाई नबिल इन्भेष्टमेन्टको कार्यालय नक्सालमा बैंक खाता उपलब्ध गराउन कम्पनीले सूचना जारी गरेको छ ।

थप जानकारीका लागि कम्पनीले आइतबारदेखि बिहीबारसम्म बिहान १० देखि दिउँसो ३ बजेसम्म र शुक्रबार १० देखी १ बजेसम्म सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।