शाखा बिस्तार कार्यक्रममा महासंघ उपाध्यक्ष ढकालले कम्पनीलाई शुभकामना दिदैं जनतालाई सर्वसुलभ रुपमा बीमा सेवा प्रदान गर्न आग्रह गरेका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त श्रेष्ठले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरी नै शाखा सञ्जाल विस्तार गर्ने बताएका थिए । कम्पनीका नायव महाप्रबन्धक शरण रेग्मीले बीमा कम्पनीले आफ्ना ग्राहकलाई सहज रुपमा बीमा सेवा प्रदान गर्न सार्वजनिक विदाको दिनमा पनि सेवा प्रदान गर्ने गरी प्रधान कार्यालयन नक्शाल खुल्ला राखिएको बताएका थिए ।
बीमा कम्पनीले नयाँ शाखा बिस्तार भएसँगै २७ वटा शाखा, ४ वटा उपशाखा तथा १० वटा सेवा काउण्टरहरु र प्रधान कार्यालय सहित ४१ स्थानबाट बीमा सेवा प्रदान गर्दै आएको छ । कम्पनीले निकट भविष्यमा नै थप १३ शाखा तथा उपशाखा कार्यालयहरु खोलेर ५४ स्थानबाट सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।