बैंकिग सेवा विस्तार नहुँदा दुर्गम क्षेत्रका जनतालाई शेयर भर्न समस्या

Feb 18, 2018 merolagani

निजीस्तरमा खुलेका बैंक तथा वित्तीय संस्थाले आफ्नो वित्तीय क्षेत्र विस्तार गर्न नसक्दा साधारण लगानीकर्ता शेयर बजारमा आउन सकेका छैनन् । बैंक तथा वित्तीय संस्थाले प्रविधिसहित क्षेत्र विस्तार गर्न नसक्दा शेयर बजारमा आउन चाहने दुर्गम क्षेत्रका जनताका लागि ‘आश्वा’ अर्थात् शेयर बजार आकाशको फल भएको हो ।

बैंक अघिअघि शेयर बजार पछिपछि हुने हुँदा लगानीकर्ताको इच्छा भएपनि बजारसम्मको पहुँच सम्भव छैन ।

धितोपत्र बोर्डका अनुसार मुलुकका ५९ बैंक तथा वित्तीय संस्थाले आश्वामार्फत धितोपत्र दरखास्त संकलन गर्ने कार्यको लागि अनुमति प्रदान गरिएको छ । यी बैंककले सबै जिल्ला ‘कभर’ गर्न सकेका छैनन् ।

लगानी क्षेत्रलाई सहज बनाउन शेयरको सार्वजनिक निष्काशनमा सी–आश्वा प्रणाली अनिवार्य रुपमा लागू गरिदैछ । सिडिएस एन्ड क्लियरिङले यही फागुन ११ देखि अनिवार्य रुपमा सी–आश्वा प्रणाली लागू गर्न निर्देशन दिइसकेको छ ।

सार्वजनिक रुपमा निष्काशन गरिएका धितोपत्रमा बैंक तथा वित्तीय संस्थामा रहेको आफ्नो खाताबाट नै सोझै लगानी गर्न सक्ने प्रणाली नै आश्वा हो । आश्वा सेवाको एकीकृत रुप नै सी–आश्वा हो ।
हालसम्म अनुमति पाएका बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी जिल्लामा राष्ट्रिय वाणिज्य बैंक र

कृषि विकास बैंकले क्रमशः ६९ र कृषि विकास बैंकले ५५ जिल्लाबाट आश्वा सेवा प्रदान गरेका छन् । वाणिज्यले १६८ र कृषिले १८६ शाखाबाट आश्वा सेवा दिएका छन् ।

तेस्रोमा नेपाल बैंकले १२६ शाखाबाट ५० जिल्लामा आश्वा सेवा प्रदान गर्न सकेको दावी गरेको छ । यी तीन सरकारी बैंकको ठूलो शाखा सञ्जाल रहेकाले धेरै जिल्लामा आश्वा सेवा पुगेको हो ।

त्यस्तै निजी क्षेत्रबाट खुलेको बैंकमध्ये प्रभु बैंकले सबैभन्दा बढी १०१ शाखाबाट आश्वा दिंदै आएको छ । तर यो बैंकको सेवा २० जिल्लामा मात्र सिमीत छ । त्यसले गर्दा पनि निजी क्षेत्रले शेयर कारोबार गर्न चाहने ठूलो संख्याका लगानीकर्तालाई समेट्न सकिएको छैन ।

कूल ५९ बैंक तथा वित्तीय संस्थाका दुई हजार ५५५ शाखाबाट आश्वा सेवा पाइन्छ । शहरी र सुविधायुक्त स्थानमा मात्र बैंकका शाखा केन्द्रित भएकाले शेयरमा लगानी गर्न चाहनेका लागि कठिनाइ भएको हो ।

धितोत्रप बोर्डमा अनुमति लिएको ती बैंक तथा वित्तीय संस्था मध्ये पाँच जिल्ला भन्दा कममा आश्वा सेवा दिने १२ वटा छन् । त्यस्तै ५–१० जिल्लामा आश्वा सेवा दिने ७ वटा, ११ देखि २० जिल्लामा १२ वटा संस्थाले मात्र आश्वा सेवा दिएका छन् ।

त्यसैगरी २१ देखि ३० जिल्लामा १८ र ३१ देखि ५० जिल्लामा आश्वा सेवा दिने ७ वटा संस्था छन् । सरकारी लगानीमा सञ्चालित बैंकले पनि देशका सबै जिल्लामा बैंकिङ एवम् आश्वा सेवा पु¥याउन सकेका छैनन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।