एन.आई.सी एशिया बैंकको नयाँ शाखा रुपन्देहीको खैरेनीमा

Feb 19, 2018 Merolagani

एन.आई.सी एशिया बैंकले फागुन ६ गते रुपन्देहीको देवदह नगरपालिका ५, खैरेनीमा शाखा विस्तार गरेको छ । बैंकले नयाँ शाखाको उद्घाटन देवदह नगरपालिकाका मेयर हिरा बहादुर खत्रीले गरेका थिए ।

खैरेनी शाखाको समुद्घाटन सँगै हाल यस बैंकले अधिराज्यभर १७९ शाखा पुगेको छ । बैंकले १७२ एटिएम एवं ४ एक्स्टेन्सन काउन्टरबाट ग्राहकहरुमा सेवा प्रदान गर्दै आईरहेको छ ।

एनआईसी एशिया बैंक शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक भएको बैंकद्धारा जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।

एनआईसी एशियाले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।