एनआईसी एशिया बैंकद्धारा ग्राहकलाई सिआरएन नम्बर लिन अपिल

Feb 22, 2018 Merolagani

एनआईसी एशिया बैंक (NICA) ले आफ्ना बैंकमा खाता रहेका खातावला ग्राहलाई सि-आस्वा रजिष्ट्रेशन नम्बर (सिआरएन) लिन आग्रह गरेको छ । नजिकैको जुनसुकै शाखा मार्फत सि-आस्वा रजिष्ट्रेशन नम्बर लिन सकिने बैंकले जनाएको छ ।

धितोपत्र बोर्डको निर्देशन बमोजिम फागुन ११ गतेदेखि सबै सार्वजनिक निष्काशनहरूमा सिरआरएन नम्बर मार्फत मात्र आवेदन गर्नुपर्ने व्यवस्था गरेपछि सो आग्रह गरेको हो ।

बैंकमा खाता रहेका ग्राहकले एक पटक आफ्नो बैंक खातालाई सि आस्वामा दर्ता गरि सि आस्वा रिजिष्ट्रेशन नम्बर लिएपछि अर्को पटक लिनु नपर्ने जनाउँदै मेरो सेयरबाट घरबाटै आवेदन गर्न सकिने जनाएको छ ।

अनलाइन प्रणाली मार्फत आवेदन गर्न नसक्ने ग्राहकका लागि बैंकको देशभर फैलिएका १७९ शाखा मार्फत सिआरएन नम्बर लिइ सहज रुपमा बैंक मार्फत आवेदन गर्न सकिने बैंकले जनाएको छ ।

अब धितोपत्र खरिद गर्न चाहने हरेकले सि आस्वा प्रणाली मार्फत सिआरएन नम्बर लिएर मात्र आवेदन गर्न सकिन्छ । यसका लागि बैंक खाता र हितग्राही खाता अद्यावधिक गराएर सिआरएन नम्बर लिनुपर्ने हुन्छ । सोही प्रकृया समयमा नै सम्पन्न गरि आगामी दिनमा निष्काशन हुने सेयरमा आवेदन गर्न सहज बनाउन बैंकले सार्वजनिक सूचना जारी गरेको हो ।

धितोपत्रको सार्वजनिक निष्काशनमा धितोपत्र खरिद आवेदन गर्दा यसअघि आस्वा प्रणाली मार्फत हुँदै आएकोमा सिडिएस एण्ड क्लियरिङ्गको नीतिगत व्यवस्था बमोजिम फागुन ११ गतेदेखि सि आस्वा प्रणाली मार्फत गर्नुपर्ने व्यवस्था गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।