सि-आस्वा लागू भएपछि विक्री प्रबन्धकको काम ह्वात्तै घट्ने

Feb 22, 2018 Merolagani

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले फागुन ११ गते लागु हुने सि-आस्वा प्रणाली लागू भएपछि अहिले विक्री प्रबन्धकले गर्दे आएका काममा ठूलो कटौती हुने बताएको छ । सि-आस्वामा अहिले आस्वा सेवा प्रदान गर्दे आइरहेका सम्पुर्ण बैंक तथा वित्तीय संस्थालाई एकै केन्द्रीकृत प्रणाली आवद्ध गरि एउटै सफ्टवेयरबाट आवेदन लिने गरिन्छ । 

यसबाट गरिने आवेदन पूर्ण रुपमा अनलाई प्रणालीमा आधारित हुने हुँदा तथ्याङ्क प्रसोधनमा समय लाग्दैन । अहिलेको व्यवस्थाले निष्काशन बन्द भएको भोलीपल्ट वा पर्सीपल्ट नै सेयर बाँडफाँड गर्न सकिने भएपनि नयाँ प्रयोग भएकाले रुजु तथा अन्य कारणलार्इ मध्यनजर गर्दे अहिले पनि बढीमा एक हप्ताभित्र बाँडफाँड गर्न सकिने सिडिएसीले जनाएको छ ।

आम लगानीकर्ताले आफ्नो खाता रहेको बैंकबाट कागजी रुपमा समेत सेयरमा आवेदन भर्न सकिने व्यवस्था रहेपनि बैंक तथा वित्तीय संस्थाहरुले त्यसलाई अनलाइन प्रणालीबाट आवेदन पठाउने गर्दछन् । जसले गर्दा कुनै पनि कम्पनीको निष्काशित धितोपत्रमा कुन बैंकबाट कति आवेदकले कति कित्ता सेयर माग गरे भन्ने कुरा तत्कालै प्राप्त गर्ने सकिने व्यवस्थाले सेयर बाँडफाँड एक साताभन्दा कम समयमा गर्न सकिने भएको हाे

सिआरएन नम्बर लिएर मात्र सेयर आवेदन गर्ने व्यवस्थाले लगानीकर्ताबाट हुने हितग्राही खाता नम्बरको त्रृटी हट्ने हुन्छ । छोटो समयमा नै सेयर बाँडफाँड गर्न सकिने व्यवस्थाले लगानीकर्ताको सम्पत्ति लामो समयसम्म फ्रिज भएर बस्ने परिपाटीको अन्त्य भई लगानीकर्ताले फाइदा लिनसक्ने सिडिएसीले जनाएको छ ।

एकै व्यक्तिले लिन सक्छन् दुईभन्दा बढी सिआरएन नम्बर

सि-आस्वा प्रणाली मार्फत धितोपत्रमा लगानी गर्दा लगानीकर्ताले आफ्नो खाता रहेको एकभन्दा बढी बैंकबाट सि आस्वा रजिष्ट्रेशन (सिआरएन) नम्बर लिन सक्छन् । सिआरएन नम्बर दुईभन्दा बढी लिन सकिएपनि आवेदन भने एकपटक भन्दा गर्न सकिँदैन । 

लगानीकर्ताको हितग्राही र बैंक खाता नम्बर रुजु गराएर सिआरएन नम्बरबाट मात्र आवेदन गर्ने व्यवस्थाले एक व्यक्तिले दोहोरो आवेदन गर्न सक्दैन ।

सिरआरएन नम्बर लिनका लागि लगानीकर्ताले उपलब्ध गराउने विवरणका आधारमा उसको सबै सिआरएन नम्बर केन्द्रीय निक्षेप प्रणाली एण्ड क्लियरिङ्गले एउटै प्रणालीमा आबद्ध गर्ने हुँदा यस्तो सम्भावना नरहने लिमिटेडको भनाई छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।