साल्ट ट्रेडिङले ताेरीकाे तेल तथा उखु उत्पादनमा लगानी गर्ने

Mar 06, 2018 Merolagani



२५ प्रतिशत बोनस शेयर पारित

साल्ट ट्रेडिङ कर्पोरेशनको मंगलबार सम्पन्न ५१ आैं साधारणसभाले आर्थिक बर्ष २०७३/७४ को मुनाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस शेयर तथा १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

आर्थिक बर्ष २०७२/७३ मा ६१ करोड २४ लाख मुनाफा कमाइएको कर्पोरेशनले आव २०७३/७४ मा २५.६२ प्रतिशतले बढाएर ७६ करोड ९३ लाख मुनाफा आर्जन गरेको थियो ।

कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कर्पोरेशनको पूँजी वृद्धि, पेट्रोलियम पदार्थको कारोबार शुरु तथा उखु उत्पादनमा लगानी गर्ने जानकारी दिइन् । आयोडिनयुक्त नूनको शतप्रतिशत पहुँचलाई कर्पोरेशनले उच्च प्राथमिता दिएको बताउँदै श्रेष्ठले पाँच वर्षमुनिका ९४ प्रतिशत बालबालिकाले आयोडिन नूनको प्रयोग गर्ने अवस्थामा पुगेको बताइन् ।

सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले अगामी दिनमा आम उपभोक्तालाई गुणस्तरीय खाद्य तथा अन्य वस्तुको सरल र सहज वितरण गरिने जानकारी दिए ।

 

साल्ट टेड्रिङमा सर्वसाधारणको लगानी २१ प्रतिशत तथा सरकारको ७९ प्रतिशत सेयर स्वामित्व रहेको छ । काठमाडौंको कालिमाटीमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीको चुक्ता पूँजी ९ करोड ८१ लाख ८४ हजार ३०० रुपैयाँ रहेको छ । बोनस पश्चात कम्पनीको चुक्ता पूँजी १२ करोड २७ लाख ९३ हजार ४०० रूपैयाँ पुग्नेछ ।

पेट्रोलियम पम्प सञ्चालन गर्ने निर्णय मै सीमित

कम्पनीले यसअघि नै काठमाडौँ लगायत मुख्य शहरमा पेट्रोलियम पदार्थको करोवारका लागि पम्प सञ्चालन गर्ने निर्णय ४९ आैं बार्षिक साधारण सभाले गरेपनि यो अहिलेसम्म निर्णयमा मात्र सीमित हुँदै आएको छ । अहिलेको ५१ औं साधारण सभामा पनि कर्पोरेशन आगामी वर्षदेखि पम्प सञ्चालन गर्ने कुरा तेहेर्याएको छ । कम्पनीले गर्ने निर्णयको अबको दिनमा कम्पनीले कसरी कार्यान्वयन गर्नेछ भन्ने कुरा कम्पनीको अगामी बर्षमा गर्ने कामले स्पष्ट पार्नेछ । 

त्यस्तै कम्पनीले तोरीको तेल तथा उखु उत्पादनमा लगानी गर्ने कायक्रम यस बर्ष थपेको छ । उपभोक्तालाई सर्वसुलभ रुपमा खाद्य पदार्थ र नूनसहित विभिन्न प्रकारका मलखादको बिक्री वितरण गर्दै आएको कम्पनीले चालू आवमा १० अर्बको करोवार गर्ने लक्ष्य राखेको छ । 

गत वर्ष माघ मसान्तसम्ममा पाँच अर्ब ४१ करोडको कारोबार गरेको कर्पोरेशनले चालू आवको यसै अवधिमा ६ अर्ब ६६ करोड कारोबार गरेको छ । कर्पोरेशनले सरकारको अनुदानमा चालू आवमा बिक्री वितरणका लागि ५७ हजार मेट्रिक टन युरिया र २२ हजार टन डिएपी मल आयात भइसकेको जनाएको छ ।

कर्पोरेशनले कृषि मन्त्रालयको स्वीकृतिमा गैरअनुदानका अमोनियम सल्फेट र सिंगल सुपर फस्फेट मलसमेत बिक्री वितरण गरिरहेको छ ।




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।