वाणिज्य बैंकहरुले विदेशी मुद्रामा ऋण लिन पाउने, यस्तो छ व्यवस्था

Apr 03, 2018 merolagani

प्राथमिक पूँजीको २५ प्रतिशत ऋण लिन पाइने, घरजग्गामा बन्देज
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुले परिवर्त्य विदेशी मुद्रामा ऋण लिन सक्ने व्यवस्था गरेको छ । राष्ट्र बैंक विदेशी मुद्रा व्यवस्थापन विभागले विदेशी विनिमय ऐन २०१९ को व्यवस्था अनुसार वाणिज्य बैंकहरुलाई शर्त सहित विदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सक्ने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई परिवर्त्य विदेशी मुद्रामा ऋण लिन पाउने व्यवस्था गरेपनि केन्द्रीय बैंकले तोकेका विभिन्न एघार शर्तहरु पालना गर्नुपर्ने व्यवस्था गरेको छ ।

वाणिज्य बैंकहरुले यसरी लिएको ऋण रकम घरजग्गा बाहेक भौतिक पूर्वाधार, पर्यटन, कृषि, जलविद्युत तथा लघु वित्त क्षेत्रमा कर्जा प्रवाह गर्ने वित्तीय साधानको प्रबन्धका लागि प्रयोग गर्न पाउनेछन् । यस्तो ऋण वाणिज्य बैंकहरुले आफ्नो प्राथमिक पूँजीको २५ प्रतिशत रकमसम्म मात्र लिन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

राष्ट्र बैंकले तोकेको पूँजी कोष कायम भएका बैंकहरुले मात्र यस्तो ऋण लिन पाउने छन् । जसका लागि संचालक समितिबाट निर्णय गर्नुपर्नेछ । अन्तराष्ट्रिय रुपमा वित्तीय कारोबार गर्न कुनै बन्देज नलगाइएको वित्तीय संस्थाबाट मात्र ऋण लिन पाउनेछन् ।

विदेशबाट ऋण लिने वाणिज्य बैंकहरुले ऋण लिए बापत विदेशी बैंक तथा वित्तीय संस्थालाई कुनै किसिमको धितो, जमानत तथा बैंक ग्यारेन्टी दिन नपाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

बैंकहरुले यस्तो ऋण एक बर्षदेखि पाँच बर्षसम्मका लागि लिन पाउनेछन् । तर राष्ट्र बैंकको स्वीकृति लिएर यस्तो ऋण नविकरण गर्न पर्नेछ । ऋणको ब्याजदर लगायत ऋणदाताले लगानउने अन्य सम्पूर्ण शुल्क गरी अधिकतम  ( 6 month Libor +  3 % )  भित्र हुनुपर्ने छ । उक्त ब्याजदर बाहेक कर्जा स्वीकृति गर्दा लिइने अन्य शुल्क कमिशन दिन नपाउने व्यवस्था गरिएको छ ।

विदेश बाट ल्याइएको ऋण रकम परिवर्त्य मुद्राको अन्तर बैंक कारोबारमा प्रयोग गर्न पाइने छैन । यस्तो ऋण लिदा पूर्व स्वीकृति, लेखाकंन तथा साँवा ब्याज भुक्तानी गरे पश्चात सोको जानकारी केन्द्रीय बैंकमा गराउनुपर्नेछ ।

बैंकहरुले ऋण रकम भित्र्याउँदा सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय कानूनको पालना गर्नुपर्ने शर्त राखेको छ ।


comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।