सेयर दलाल र लगानीकर्ताहरुसँग अर्थमन्त्री डा. खतिवडाले गरे छलफल

Apr 04, 2018 Merolagani

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधवार सेयर दलाल र लगानीकर्ताहरुसँग छलफल गरेका छन् । छलफलमा पूँजी बजारको पुर्वाधार तथा नीतिगत ब्यवस्था बलियो बनाउने बारेमा कुराकानी भएको थियो ।छलफलमा सहभागी एक लगानीकर्ताले मेरोलगानीको सहप्रकाशन नेपाल जर्नललाई दिएको जानकारी अनुसार सेयर बजार बिस्वसनीय, सबल र सेयर बजारमा सर्बसाधारणले गर्ने लगानीलाई सुरक्षित बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने विश्वास दिलाए ।

बजार घटाई तथा बढाई स्वभाविक कुरा भएकाले आफुहरुको चासो नभएको स्पष्ट पार्दै नीतिगत सुधार र पुर्वाधारमा मात्र ध्यान केन्द्रित गर्ने उनले बताए ।

स्वेत पत्रमार्फत पूँजी बजारको अबस्था र समस्या उजागर गरेका अर्थमन्त्रीले बजार सुधार तथा बिस्तारका विकल्पहरुबारे सरोकारवालाहरुसँग छलफल गरेका हुन् । साे अवसरमा सेयर दलाल तथा लगानीकर्ताहरुले अनलाईन कारोबार प्रणाली चाँडै कार्यान्वयनमा ल्याईदिए बजारका धेरै समस्याहरु समाधान हुने भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

अर्थ मन्त्रालयले सरकारको आउने नीति तथा कार्यक्रम र बजेट मार्फत सेयर बजारको नीतिगत, पुर्वाधार र प्रविधिजन्य सुधारका कार्यक्रम ल्याउने अर्थमन्त्रीले बताएका छन् ।

अर्थमन्त्रीसँगको भेटमा स्टक ब्रोकर एशोसियशनका अध्यक्ष प्रियराज रेग्मी र सेयरलगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालसहितका पदाधिकारीकाे सहभागिता रहेकाे  थियाे । 

 

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।