अरुण काबेली र अरुण भ्यालीको सेयर रजिष्ट्रारमा भिबोर क्यापिटल नियुक्त

Apr 09, 2018 Merolagani

अरुण काबेली र अरुण भ्याली हाइड्रोपावर दुबैले भिबोर क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेका छन् । यसअघि दुबै कम्पनीले आफ्नै कार्यालयमा सेयर शाखा स्थापना गरेर सेवा दिँदै आएका थिए ।  याे सेवा २०७५ बैशाख १ गते देखि भिबोर क्यापिटल मार्फत हुने भएको हो ।

अागामी बैशाख १ गते देखि भिबोर क्यापिटलले अरुण काबेली र अरुण भ्याली दुबै कम्पनीको सेयर सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी र सेयरवालाहरुको लागत अद्यावधिक राख्ने काम गर्नेछ । सेयरधनीले सेयर सम्बन्धी सम्पूर्ण कामका लागि अब भिबोर क्यापिटल ट्रेड टावर थापाथलीमा सम्पर्क गर्नुपर्ने हुन्छ । 

 

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।