मुक्तिनाथले पस्कियो सन्तुलीत विवरण, पूँजी बढे अनुसार कमाई भने बढेन

Apr 18, 2018 merolagani

मुक्तिनाथ बिकास बैंक (MNBBL) ले गत आर्थिक बर्षको तुलनामा चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्मको खुद मुनाफा २० प्रतिशतले बढाएको छ । बैंकको सञ्चालन मुनाफा र खुद ब्याज आम्दानी बढेपछि खुद नाफा बढ्न टेवा पुगेको हो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा मुक्तिनाथले ४२ करोड ७५ लाख खुद मुनाफा गरेको छ । जुन गतबर्षको यसैअवधिको भन्दा २० प्रतिशत अर्थात ७ करोड २४ लाख बढी हो । बैंकको खुद ब्याज आम्दानी २०.७५ प्रतिशतले बढ्दा सञ्चालन मुनाफा २२.५२ प्रतिशतले बढेको छ ।

समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी २ अर्ब ५९ करोड पुगेको छ । जसको जगेडा कोषमा ८० करोड ४६ लाख रहेको छ । एकबर्षको अवधि बैंकको चुक्तापूँजी ६८ प्रतिशत तथा जगेडाकोष झण्डै २७ प्रतिशतले बढेको छ ।

बैंकले यसअवधिमा २४ अर्ब ५४ करोड निक्षेप संकलन गरी २१ अर्ब ९९ करोड कर्जा प्रवाह गरेको छ । बैंकको निक्षेप ६२ प्रतिशतले बढ्दा कर्जा ५५ प्रतिशतले बढेको छ ।

बैंकको सिडी रेशियो ७९.२१ प्रतिशत, निष्क्रिय कर्जा ०.०१ प्रतिशत, प्रतिसेयर आम्दानी २२ रुपैयाँ तथा प्रतिशेयर नेटवर्थ १३०.५४ पैसा कायम गरेको छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।