आर्थिक सर्वेक्षण संसदमा पेश गर्दे अर्थमन्त्रीले भने : शेयरबजार सुधारउन्मुख छ

May 27, 2018 Merolagani

अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजार सुधारउन्मुख रहेको बताएका छन् । आर्थिक बर्ष ७४/ ०७५ आर्थिक सर्वेक्षण आइतबार संसदमा पेश गर्दे अर्थमन्त्री खतिवडाले उक्त कुरा बताएका हुन् ।

मन्त्री खतिवडाले सेयरबजारमा १९४ कम्पनी सूचीकृत रहेकोमा जसमध्ये ७५ प्रतिशत हिस्सा बैकिङ्ग क्षेत्रका कम्पनीले ओगटेको उल्लेख गरे ।

साथै उनले चालु आर्थिक बर्षको आठ महिनासम्म बैंक तथा वित्तीय संस्थाहरुमा २४ खर्ब ८७ अर्ब निक्षेप रहेको र २२ खर्ब ४२ अर्ब कर्जा परिचालन गरेको जानकारी दिए । निक्षेप वृद्धिको तुलनामा कर्जा वृद्धिदर उच्च रहेकाले केही वित्तीय संस्थामा लगानीयोग्य रकममा चाप परेको उनले बताए ।

वित्तीय सेवामा जनताको पहुँच बढ्दै गएको बताउदै बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल र बीमा कम्पनीहरुको संख्या बढेको उल्लेख गरे । बीमा कम्पनीहरुको संख्या बढ्दा आम नागरिकमा बीमाको पहुँच पुग्ने विश्वास व्यक्त गरे ।

चालु बर्ष ५.९ प्रतिशतले आर्थिक वृद्धि पुग्ने बताए ।  चालु आर्थिक बर्षमा प्रतिव्यक्ति आय एक हजार चार डलर पुग्ने अनुमान गरिएको छ ।

यस्तै नेपालमा ६० लाख गरिबको संख्या रहेको बहुआयामिक गरिबीको संख्या ८० लाख रहेको जानकारी दिए ।

आर्थिक वर्ष ७४/ ०७५  मा ३७ संस्थामा २६ संस्थान नाफामा गएको जानकारी समेत अर्थमन्त्रीले दिए ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।