लगानीकर्तालाई आश्वासन बाँडेर सकियो युनाईटेड इन्स्योरन्सको साधारणसभा

Jun 11, 2018 Merolagani

पूँजी बृद्धिको ठोस योजना बिना नै युनाईटेड इन्स्योरन्सको साधारणसभा आइतबार सम्पन्न भएको छ । बीमा समितिको निर्देशन अनुसार चालू आर्थिक बर्षको अन्त्यसम्ममा एक अर्ब चुक्ता पूँजी पुर्याउनुपर्ने भएपनि हकप्रद तथा लाभांश वितरण गर्ने विशेष प्रस्ताव बिनै सम्पन्न भएको छ ।

इन्स्योरेन्सले शेयरधनीहरुलाई कम्पनीको आर्थिक अवस्था सुधार हुँदै गइरहेको आश्वसन दिँदै आगामी दिनहरुमा अझ सुधार गर्ने प्रतिबद्धता भने व्यक्त गरेको छ । 

इन्स्योरेन्सको साधारणसभाले गत वर्षको वार्षिक लेखा परिक्षणको प्रतिबेदन सहित चालु आर्थिक वर्षको लेखा परिक्षण कार्यको लागि लेखापरीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ ।

यस्तै इन्स्योरेन्सको साधारण सभाले सञ्चालक समितिको अध्यक्षले प्रस्तुत गरेको बार्षिक प्रतिबेदन पारित गर्दै आर्थिक वर्ष २०७३/७४ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब तथा नगद प्रवाह विवरण पनि स्वीकृत गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।