आइएमई जनरल र बयोधा हस्पिटलबीच स्वास्थ्य बीमा सम्झौता

Jun 14, 2018 Merolagani

आइएमई जनरल इन्स्योरेन्स र बयोधा हस्पिटलबीच स्वास्थ्य बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा आइएमई जनरलका नायव महाप्रबन्धक पवन थापा र बयोधा हस्पिटलका महाप्रबन्धक राजिव चौधरीले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात आइएमई जनरलको औषाधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमासम्म बयोधा हस्पिटलबाट नगद रहित हस्पिटलाइजेसन सेवा प्राप्त गर्न सकिने आइएमई जनरलले जारी गरेको प्रेश विज्ञप्तीमा उल्लेख छ ।

आइएमई जनरलका नायव महाप्रबन्धक थापाले आफ्नो ग्राहकहरुलाई बीमालेखमा तोकिएको सीमासम्म नगद रहित हस्पिटलाइजेसन सुविधा प्रदान गरिने बताए । साथै सम्झौता गरेकोमा अस्पताल संचालक समिति तथा व्यवस्थापन प्रति कृतज्ञता समेत व्यक्त गरे ।

नगद रहित हस्पिटलाइजेसन सेवा लिन सम्पुर्ण ग्राहकलाई आग्रह गर्दै उनले भनेर्, औषधोपचार लगायत आवश्यक सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरलवाट प्राप्त गर्न सकिने हुनाले ढुक्कसंग सेवा लिन आग्रह गर्दछु ।’

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।