माउन्टेन हाइड्रोले आईपिओ निष्कासनको अनुमति पायो, कति आउँछ बिक्रीमा ?

Jun 17, 2018 Merolagani

माउन्टेन हाइड्रो नेपाल लिमिटेडले साधारण सेयर (आईपिओ) निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता आईपिओ निष्कासनको अनुमति पाएको हो ।

कम्पनीले पहिलो चरणमा पाँचथरका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपिओ निष्कासन गर्नेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

स्थानीयलाई शेयर जारी गरेर बाँडफाँड गरेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई शेयर जारी गर्ने जनाएको छ । कम्पनीले स्थानीय र सर्वसारणलाई गरेर २५ करोडको आइपिओ बिक्री गर्ने भएको छ ।

कम्पनीले पाँचथरमा २१.६ मेगावाटको तल्लो हेवाखोला आयोजना सम्पन्न गरेको छ । करिब दुई वर्ष अगाडी यो प्रोक्जेक्ट ३ अर्ब ६० करोड रुपैयाँ लागतमा निमार्ण शुरु गरिएको भएपनि लागत बढेर चार अर्ब नाघ्ने आँकलन गरिएको छ ।

पाँचथरको फिदिम गाविसमा रहेको यो आयोजनामा हेवा र फेमे खोलाको पानी प्रयोग गरिएको छ । कम्पनीको प्रतिमेगावाट उत्पादन लागत १७ करोड ९० लाख रुपैयाँ रहेको छ । २०७१ मा कम्पनी र विद्युत् प्राधिकरणबीच विद्युत् खरिद सम्झौता भइसकेको छ ।

इक्रा नेपालले कम्पनीको सेयरलाई ग्रेड फोर रेटिङ दिएको छ । यसले कम्पनीको आधारभुत पक्ष औसतभन्दा कमजोर रहेको संकेत गर्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।