राष्ट्रिय सभा सदस्यमा दुई वर्षे कार्यकालमा परे अर्थमन्त्री खतिवडा

Jun 18, 2018 Merolagani

सेयर बजारप्रति अनुदार भनिएका अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रिय सभा सदस्यमा दुई वर्षमात्र कार्यकाल कायम हुने भएकाे छ । 

साेमबार राष्ट्रिय सभा सदस्यहरुको कार्यकालको चिठ्ठामा खतिवडालाई दुई बर्ष कार्यकाल परेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री बनाएपछि खतिवडालार्इ राष्ट्रिय सभा सदस्य बनाएका थिए ।

उनी नेपाल कम्युनिष्ट पार्टीबाट राष्ट्रिय सभा सदस्य हुन्। खतिवडाको कार्यकाल दुई वर्षमात्र कायम हुने भएपछि सेयर लगानीकर्ता खुसी भएका छन् ।

सरकारको सिफारिसमा डा. खतिवडा गत फागुन ८ गते राष्ट्रिय सभा सदस्यमा मनोनित भएका थिए ।

संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम सरकारले खतिवडालाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गरेको थियो । राष्ट्रिय सभामा तीन जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन गर्ने संवैधानिक व्यवस्था छ ।

राष्ट्रिय सभामा मनोनयन भएको समयावधिबाट अब खतिवडाको राष्ट्रिय सभा सदस्यको कार्यकाल २० महिना रहनेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।