माथिल्लो तामाकोशीको आईपिओ असार २४ देखि, सर्वसाधारणलार्इ दोस्रो चरणमा

Jun 26, 2018 Merolagani

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले दोलखाबासीका लागि असार २४ गतेदेखि साधारण सेयर (आईपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा स्थानियका लागि १० प्रतिशतले हुने एक सय रुपैयाँ अंकित दरको एक करोड ५ लाख ९० हजार कित्ता जारी गर्न लागेकाे हो ।

स्थानियको आईपिओ बाँडफाँड भएपश्चात कम्पनीले सर्वसाधारणका लागि एक करोड ५८ लाख ८५ हजार कित्ता सेयर निष्काशन गर्ने कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ । 

दोलखाका आयोजना प्रभावित क्षेत्रका बासिन्दाले आईपिओमा न्यूनतम ३० कित्तादेखि अधिकत्तम ३०० कित्ता सम्मका लागि माग गर्न सक्नेछन् । आईपिओमा आवेदन गर्ने अन्तिम म्याद साउन ९ गते रहेको छ ।

स्थानीय र सर्वसाधारण गरि कम्पनीले २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । आइपीओमा बिक्री प्रबन्धकको काम नागरिक लगानी कोष र सनराइज क्यापिटलले गरेका छन् ।

कहाँ कहाँबाट गर्न सकिन्छ अावेदन ?

साधारण सेयरमा अपर तामाकोशी आयोजना निर्माणस्थल,तथा चरिकोटमा रहेका कृषि विकास बैंक, सिटिजन्स बैंक, लक्ष्मी बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक र महालक्ष्मी विकास बैंकको शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

यसैगरी, सेञ्चुरी कर्मर्सीयल बैंकको चरिकोट, सिंगटी र जिरी शाखा, मेगा बैंकको चरिकोट, मैनापोखरी र बागखोर शाखा, एनएमबि बैंकको किर्नेटार, प्राइम कर्मर्सीयल बैंकको जिरी र मैनापोखरी शाखाबाट पनि साधारण सेयरमा आवेदन गर्ने व्यवस्था गरिएको छ ।

कम्पनीले स्थानियका लागि १० प्रतिशत र सर्वसाधारणमा १५ प्रतिशत सेयर जारी गर्नेछ । माथिल्लो तामाकोशीले गत फागुनमा तीन करोड ६० लाख ६ हजार कित्ता सेयर बीमा संस्थानका कर्मचारी, विद्युत प्राधिकरणका कर्मचारी, नागरिक लगानी कोष र सञ्चयकोषमा रकम जम्मा गर्ने कर्मचारीको लागि सेयर निष्काशन गरिसकेको छ ।

अायाेजनामा कसकाे कति  छ स्वामित्व ?

आयोजनामा नेपाल विद्युत प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानको २ – २ प्रतिशत, कर्मचारी सञ्चयकोषको १७.२८, स्थानीयबासीको १० प्रतिशत, सर्वसाधारणको १५, कर्मचारी सञ्चय कोषका कर्मचारीको २.८८, कम्पनी र प्राधिकरणका कर्मचारीको ३.८४ प्रतिशत सेयर स्वामित्व रहनेछ ।

पुसभित्र बिजुली उत्पादन गर्ने लक्ष्य

दोलखाको गौरीशङ्कर गाउँपालिका १ लामा बगरमा निर्माण भइरहेको ४ सय ५६ मेगावाटको तामाकोशी आयोजनाको पूर्व स्वीकृत लागत ३५ अर्ब २९ करोड भएपनि बढेर ४९ अर्ब २९ करोड ५५ लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको निर्माण कार्य ९५ प्रतिशत काम सम्पन्न भैसकेको छ । आगामी पुसभित्र बिजुली उत्पादन गर्नेगरि आयोजनाको काम आगाडि बढिरहेको छ ।

यस आयोजनाले दोश्रो चरणमा रोल्वाङ खोलाबाट १६७ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको विस्तृत अध्ययन कार्य सम्पन्न गरिसकेको छ । यस्तै माथिल्लो तामाकोशीको विद्युत्त गृहबाट निस्कने पानीबाट १०१ मेगावाटको तामाकोशी पाँचौ निमार्ण गर्न कार्य अगाडि बढाइसकेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।