बजार मूल्यकै हाराहारीमा बिक्रीमा आउने नेपाल बैंकको एफपिओलाई के गर्ने ?

Jun 28, 2018 Merolagani

शेयर बजारमा माग र आपूर्तिले मुख्य भुमिका खेल्छ भन्ने कुरालाई आधार मान्ने हो भने नेपाल बैंक(NBL) ले दोस्रो बजारमा सजिलै किन्न पाईने मूल्यकै हाराहारीमा  असार १५ गते शुक्रबारदेखि बिक्रीमा ल्याउने एक करोड ७६ लाख कित्ता थप सार्वजनिक निष्काशनकाे शेयरलाई के गर्ने ? धेरै लगानीकर्ताको चासोको बिषय बनेको छ ।

नेपाल बैंकको साधारण शेयर मूल्य यो साता २९० रुपैयाँसम्म झरेको छ र उसले त्यो भन्दा १० रुपैयाँ सस्तोमा मात्र एफपीओ बिक्रीमा ल्याउने घोषणा गरेको छ ।

एक करोड ७६ लाख कित्ता शेयर बजारमा थपिदा १० रुपैयाँको मार्जिनले धान्ला कि नधान्ला भन्ने प्रश्न महत्वपूर्ण छ । बिगतमा एफपीओ खरिद गरेको धेरै कम्पनीका लगानीकर्ताले अहिले धान्नै नसकिने घाटा खाएर चुकचुकाउनु परेको र एनएमबी बैंकको एफपीओ नबिकेर हारगुहार लगाउनु परिरहेको अवस्था हेर्दा नेपाल बैंकलाई पनि त्यस्तै सकस पर्ने निश्चित छ तर धितोपत्र बोर्डमा लबिङ गरी शुरुमै संस्थागत लगानीकर्तालाई पनि आबेदन दिन पाउने गरी ढोका खोलेर उसले केही चलाखी अबश्य गरेको छ ।

नेपाल बैंक बिगतमा बिग्रिएर अहिले क्रमशः सुधारिदै आएको बैंक हो र उसले नियमित आम्दानीलाई बढाएर यस बर्षबाट लाभांश खुवाउने क्षमता बढाएको छ तर एफपीओ बिक्रीपछि चुक्ता पूँजी झण्डै १० अर्ब हुने र पूँजी कोष अहिलेको १८ प्रतिशतबाट बढेर २४,२५ प्रतिशतमा पुग्ने अबस्थामा बोनस शेयर पाईने संभावना अत्यन्त कम छ ।

बैंकका प्रमुख कार्यकारी देबेन्द्र प्रताप शाहले पत्रकार सम्मेलन गरेर एफपिओ बिक्रीपछि ३२ प्रतिशत बोनस वितरण गर्नसक्ने र नियमित आम्दानीबाट नगद लाभांश खुवाउनसक्ने क्षमता हुने बताएका थिए ।

तर त्यो पत्रकार सम्मेलनमा सञ्चालक समितिका कोही पनि उपस्थित नहुनुले प्रमुख कार्यकारीले भनेको कुरामा सञ्चालक समिति जिम्मेवार नहुने प्रष्ट छ ।

त्यसमाथि बैंकले एफपीओ बिक्रीका लागि सार्वजनिक गरेको आब्हान पत्रमा आगामी तीन बर्षसम्म कुनै पनि प्रकारले पूँजी नबढाउने स्पष्ट विवरण राखेको हुँदा त्यसैलाई नै आधार मान्नुपर्छ । जब चुक्ता पूँजी र पूँजी नै राष्ट्र बैंकले तोकेको भन्दा धेरै छ भने चुक्ता पूँजी बढाउनुपर्ने आबश्यकता उसलाई पर्दैन, त्यसमाथि सरकारी बैंक पर्यो ।

नेपाल बैंक राम्रो बन्दै गरेको, सम्पति धेरै भएको बैंक त अबश्य हो तर एफपिओ बिक्रीपछि पनि सरकारकै ५१ प्रतिशत स्वामित्व हुने भएकाले यहाँ खासै धेरै सुधारको संभावना देखिँदैन । सरकारी नियन्त्रणमा हुने बैंकमा कतिखेर ठूलो घोटाला हुन्छ भन्ने चिन्ता एकातिर हुन्छ भने एउटा सानो निर्णय गर्न पनि महिनौ लाग्दा प्रगति एकदम ढिला हुन्छ । रणनीतिक साझेदारीमा जाने भन्ने पहिलेको घोषणाबाट पछि हटेर कम्युनिष्ट सरकारले बैंकमा आफ्नो प्रभुत्व कायमै राख्न खोजेबाट अब देबेन्द्र प्रताप शाहपछि आउने अर्को प्रमुख कार्यकारीले कसरी काम गर्छन् भन्नेमा पनि बैंकको प्रगति निर्भर हुन्छ ।

मूल्य आम्दानी अनुपात सात गुणा हाराहारीमा मात्र छ भन्ने हो भने पनि नेपाल टेलिकमलाई हेरे हुन्छ, मूल्य आम्दानी अनुपात कम भएर मात्र लगानीकर्ताले बढी प्रतिफल पाउने र शेयर मूल्य बढ्ने भन्ने हुन्न । अहिले नेपाल बैंकको चुक्ता पूँजी आठ अर्ब चार करोड पुगिसकेको र सर्बसाधारणको हिस्सा ३८ प्रतिशत रहेको अबस्थामा एफपिओपछि दुबैमा बढोत्तरी हुनेछ, जसले बजारमा शेयरको आपुर्ति बढाईदिन्छ । माग बढ्दा, मूल्य बढ्छ, आपुर्ति बढ्दा मूल्य घट्छ भन्ने कुरालाई ख्याल गर्ने हो भने बजारमै सस्तोमा पाईने शेयरमा गरिने लगानी  एफपिओभन्दा बढी फाईदाजनक हुनसक्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।