ज्योति लाइफ र हार्टबिट फाउण्डेसनबीच सहकार्य

Jul 08, 2018 Merolagani

ज्योति लाइफ इन्स्योरेन्स र हार्टबिट फाउण्डेसनबीच सहकार्य गरेका छन् । सडक बाल बालिकाहरुको लागि शिक्षा र कलाको विषयमा काम गर्ने फाउण्डेसन र ज्योति लाइफले सहकार्य गरेका हुन् ।

फाउण्डेसनलाई सहयोग स्वरुप बालबालिकाहरु आफैले कोरेका तस्वीरहरु भएको क्यालेण्डरका साथै टेबल, मेचहरु प्रदान गरेको ज्योति लाइफले जनाएको छ ।

ज्योति लाइफले “सँधैं तपाईंको साथ” आर्ट क्याम्प मार्फत सडक बाल बालिकाहरुको जीवनमा थोरै रङ्ग र धेरै उत्साह थप्न चालेको प्रयासले थप सहयोग पुग्ने फाउण्डेसनले अपेक्षा गरिएको छ । आगामी दिनहरुमा समेत यस्ता सामाजिक क्रियाकलापहरुमा सक्रियताका साथ लाग्ने ज्योति लाइफले प्रतिवद्धता समेत ब्यक्त गरेको छ ।

ज्योति लाइफको सहकार्यमा बाल बालिकाहरुको उराठलाग्दो दैनिकीमा नयाँ रङ्ग भर्न उनीहरुलाई हाउस अफ प्यालेट्सको भ्रमण गराइएको थियो । जहाँ उनीहरुले खुशी र माया भनेको कस्तो हुन्छ भन्ने आफ्नो विचारमा रङ्ग भरेका थिए ।

सो रङ्गमय सन्ध्याका विशिष्ट अतिथि नायक राजेश हमालले प्रेरणादायी कुराकानी गरेर उनीहरुको हौसला बढाएको ज्योति लाइफले जानकारी दिएको छ ।

केही बालबालिकाहरुले उनीहरु जहाँबाट आएका थिए त्यही गाऊँको चित्र, आफ्नो परिवारको तस्वीर, नेपालको झण्डा र साथीभाइसँगको मित्रतालाइ चित्रमा उतारेका थिए । यसरी कोरिएका चित्रहरुलाई शुभकामना कार्ड मार्फत गरी नेपालभरी वितरण गरिएको थियो भने ज्योति लाईफको क्यालेण्डरमा समेत प्रयोग गरिएको ज्योति लाइफले जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।