धितोपत्र बोर्डको आगामी नीति: 'एक नेपाली एक डिम्याट खाता', अरु के के छन् ?

Jul 09, 2018 Merolagani

नेपाल धितोपत्र बोर्डले पूँजीबजार सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बोर्डले बजारको नियमनलाई कडाई गर्दे बजारको विकास र विस्तारका लागि एक नेपाली एक डिम्याट खाता अभियान सञ्चालन गर्ने भएको छ ।

आगामी आर्थिक बर्षका लागि बोर्डले सार्वजनिक गरेको धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धि नीति तथा कार्यक्रममा  धितोपत्र तथा वस्तु विनिमय बजारको प्रभावकारी नियमन सुपरिवेक्षण तथा व्यवस्थापनका लागि आवश्यक कानूनी संरचनाको विकास तथा सुदृढिकरण गर्ने घोषणा गरेको छ ।

बोर्डले बजार पूर्वाधार, लगानी उपकरण आदीमा सुधार तथा विकास गर्ने र एक नेपाली एक डिम्याट खातालाई अभियानको रुपमा संचालन गर्ने भएको छ ।

बोर्डको संस्थागत तथा नियमन क्षमता अभिवृद्धि गर्न , सुपरिवेक्षण व्यवस्थामा सुधार, बजार सहभागीहरुको व्यवसायिकता तथा स्तर अभिवृद्धि गर्ने उल्लेख गरेको छ ।

धितोपत्र बजारको नियमन व्यवस्थालाई थप प्रभावकारी बनाउन कानूनी संरचनाको विकास तथा सुदृढीकरण गर्ने नीति बोर्डले लिएको छ । धितोपत्र बजारमा व्यापक जनसहभागिता बढाउन र दोस्रो बजारको कारोबार देशभर पुर्याउन अन्तराष्ट्रियस्तरको अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याउने, नयाँ स्टक एक्सचेञ्चलाई अनुमति दिने, वास्तविक क्षेत्रका कम्पनीलाई बजारमा प्रवेश गराउने, नेप्से तथा सिसडएसीको पुनसंरचना, दलाल व्यवसायीको सेवा विस्तार गर्ने लगायतका कार्यक्रम रहेका छन् ।

त्यस्तै लिलामी बजारलाई व्यवस्थीत गरिने, बस्तु विनिमय बजार तथा वस्तु कारोबार व्यवसायी सेवा संचालन अनुमति दिने र ओटिसी कारोबारलाई प्रतिस्पर्धी एंव विश्वसनीय बनाउन स्वचालित कारोबार प्रणालीको व्यवस्था गर्ने जस्ता कार्यहरु गरी बजार पूर्वाधारहरुको सुधार तथा विकास गर्ने नीति बोर्डको छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।