अर्थमन्त्री अनुदार हुँदा नेताकाे शरणमा शेयर लगानीकर्ता

Jul 12, 2018 merolagani

अर्थमन्त्री डा युवराज खतिवडा पूँजीबजार मैत्री बन्न नसकेपछि लगानीकर्ताहरूले राजनीतिक दलका नेताहरूलाई आफना माग तथा गुनासो सुनाउन थालेका छन । यसैक्रममा लगानीकर्ताको एक समूहले मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट बिहिवार नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायण काजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका छन् । लगानीकर्ताहरूले नेपालको पूँजी बजार संकटग्रस्त रहेको भन्दै प्रवक्ता श्रेष्ठ मार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

पूँजी बजारलाई सरकारले हेर्ने दृष्टिकोण नकारात्मक भइदिदाँ बजारमा नराम्रो प्रभाव परिरहेको लगानीकर्ताहरूकाे आरोप छ । पूँजीबजार जस्तो संबेदनशील क्षेत्रमा अर्थमन्त्री तथा सरोकार निकायहरूले  बिचार नपु¥याएर बाेल्दा समस्या झन बढेकाे उनीहरूकाे गुनासाे छ ।

ज्ञापनपत्रमा  सरकारले पूँजीबजार प्रति लिएको अनुदार नीतिले गर्दा  कुनै पनि कम्पनीहरूको आइपिओ तथा एफपिओ बिक्री नहुने अवस्थामा उल्लेख गरिएकाे छ । 

नागरीक लगानी कोष र कर्मचारी संचय कोषलाई मार्केट मेकरको रूपमा ल्याउनु पर्ने, मार्जिन ल्याडिङ्गलाई मार्केट भोल्युमको ६५ प्रतिशत पुर्याउनु पर्ने, एफपिआेको भ्यालुएसन मार्केट रेट भन्दा कम हुनु पर्ने उनीहरूको माग छ ।

पुँजी बजारका लगानीकर्ताहरूलाई विश्वासमा लिई बिदेशमा रहेका नेपालीलाइसमेत पूँजी बजारमा भित्र्याई पूँजी बजारको विकास गरी आर्थिक समृद्धिको लक्ष्य पुरा गर्न सरकारलाई माग गरेका छन् ।

मंगलवार लगानीकर्ताकाे अर्काे समूहले नेकपाका बरिष्ठ नेता माधव नेपाललार्इ पनि भेटेकाे थियाे ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।