एनएमबि बैंकको एफपिओ बाँडफाँड, दुर्इ बाहेक सबैले पाए मागेजति सेयर

Jul 16, 2018 Merolagani

एनएमबि बैंक (NMB) ले निष्काशन गरेको एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ सोमबार बाँडफाँड भएको छ । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक नागरिक लगानी कोषले एनएमबि बैंक बबरमहलमा बाँडफाँड गरेको हो ।

एफपिओमा कूल ६९ हजार ६४६ आवेदन परेकोमा १० जनाले दोहोरो आवेदन गरेका कारण २० वटा आवेदन भने रद्ध भएको छ । ६९ हजार ६२६ वटा आवेदन योग्य भएका छन् । 

कूल आवेदकबाट एक करोड १४ लाख ८३ हजार २४० कित्ता सेयरका लागि माग भएको थियो । जसमध्ये २० वटा आवेदनबाट परेको ४ हजार ३३० कित्ताको आवेदन रद्ध भएको छ । योग्य भएकाे आवेदन कित्ता एक करोड १४ लाख ७८ हजार ९१० रहेको छ ।

नागरिक लगानी कोषका अनुसार एफपिओमा एक लाख ५० हजार १५० कित्तासम्म आवेदन गर्ने सबै ६९ हजार ६२४ जनाले मागे बमोजिम सेयर प्राप्त गरेका छन् । उनीहरुलाई एक करोड १० लाख ४३ हजार ७१० कित्ता सेयर बाँडफाँड गरिएको हो ।

यसो गर्दा निष्काशित एफपिओ तीन लाख ७१ हजार ४५३ कित्ता बाँकी रहन्छ । एक लाख ५० हजार १५० कित्तादेखि अधिकतम कित्ता दुई लाख २५ हजार २०० कित्ता आवेदन गर्ने दुई आवेदकलाई एक लाख ५० हजार १५० कित्ता र थप ३५ हजार ५७६ कित्ता गरि कूल एक लाख ८५ हजार ७२६ कित्ता बाँडफाँड गरिएको छ ।

यसबाट पनि बाँकी रहेको १ कित्ता सेयर माथिको दुई जनामध्ये एक जनालाई थप एक कित्ता गोलाप्रथाबाट बाँडफाँड गरिएको हो ।

एनएमबि बैंकले जेठ ३० गतेदेखि असार २८ गतेसम्म एक सय रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३३३ रुपैयाँमा एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ बिक्री गरेकाे हो ।

एनएमबिको सेयर आइतबार दोस्रो बजारमा प्रतिकित्ता ३५८ रुपैयाँमा कारोबार भएको छ । बैंकले संस्थापकको ५१ र सर्बसाधारणको ४९ प्रतिशत हिस्सेदारी कायम गर्न एफपिओ बिक्री गरेको हो । एफपिओबाट बैंकले २ अर्ब ६५ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ भने एक अर्ब १४ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी बढाएको छ ।

हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ४६ करोड १७ लाख रुपैयाँ रहेको छ । एफपिओ जारी पश्चात बैंकको चुक्ता पूँजी ७ अर्ब ६० करोड ३२ लाख नाघ्नेछ ।

राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्न बैंकले एफपिओले समेत पाउने गरि १५ प्रतिशत बोनस प्रस्ताव गरेको छ ।र बोनस पश्चात बैंकको चुक्ता पूँजी आठ अर्ब ७४ करोड नाघ्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।