एनएमबि बैंकको ११० आैं शाखा सञ्चालनमा

Jul 16, 2018 Merolagani

एनएमबि बैंक(NMB) ले सप्तरीको तिलाठी गाउँपालिकामा ११० आैं नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यो शाखाको शुरुवात सँगै बैंकको कुल ११० शाखा ४ एक्टेन्सन काउन्टर  र ९६ एटीएम पुगेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको समय सीमा भित्रै बैंकले देशका बिभिन्न स्थानिय प्रदेशहरुका गाउँपालिका, नगरपालिका तथा बैकिङ्ग पँहुचबाट टाढा रहेको स्थानहरुमा बैंकले तोकेको सम्पूर्ण नयाँ शाखाहरु खोलेको हो ।

बैंकको भगिनी संस्था एनएमबि माइक्रो फाईनान्स्को ७५ शाखा सञ्जाल समेत गरेर देशको सबै क्षेत्रमा सन्तुलित बैकिङ्ग पहुँच पुगेको छ ।

यसले स्थानीयहरुको वित्तिय सहभागिता भई जीवन स्तर समेतमा साकारात्मक प्रभाब पर्ने र सरल बैकिङ्गको सबै वर्ग समुदायको पहुँच पुग्नेमा बैंक विश्वस्त रहेको बैंकबाट जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।