जीवन बीमा र निर्जिवन बीमाको दुवैको सूचक ६,१९९.४५ कायम गरी अलग अलग समूह गराईएको थियो ।
कारोबार हुन थालेपछि जीवन बीमा समूहको सूचक बढेको थियो तर केही समयपछि जीवन र निर्जिवन बीमा दुवै समूहको सूचक ओरालो लागेको छ ।
बीमा समूहको सूचक छुट्याईपछि नेप्सेमा अब एघार उप समूह पुगेका छन् । नेप्सेले केही महिना अघि बिकास बैंक समूहबाट लघुवित्तलाई अलग गरेको थियो ।
साथै नेप्सले आजबाटै अनलाइन प्रणालीको परीक्षण समेत सुरु गरीएको जनाएको छ । अनलाइन कारोबारका लागि लगानीकर्ताले आफुले कारोबार गर्ने सेयर दलालकोबाट युजर नेम र पासवोर्ड लिनुपर्नेछ ।
युजर नेम र पासपोर्ड लिनको लागि ग्राहक पहिचान विवरण केवासी अनिवार्य नविकरण गर्नुपर्ने व्यवस्था गरिएको छ ।