विमान निर्माण भएको फ्रान्सको तुलुज शहरबाट करीब नौ घण्टाको उडानपछि अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । निगमका महाप्रबन्धक सुगतरत्न कंसकार, क्याप्टेन श्रवण रिजालसहितको टोली विमानमा आएका हुन्।
विमानस्थलमा विमानलाई पानीको फोहोराले भव्य स्वागत गरिएको थियो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलका सचिव कृष्णप्रसाद देवकोटा, निगमका उच्च अधिकारीलगायतले स्वागत गरेका थिए ।