एक खर्ब प्रतिवद्धता जनाएको भारतले पुनःनिर्माणका लागि बल्ल दियो दुई अर्ब दश करोडको चेक

Jul 27, 2018 Merolagani

भारत सरकारले भूकम्पपछिको पुनःनिर्माणका लागि नेपाल सरकारलाई दुई अर्ब १० करोड ४३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । शुक्रबार अर्थमन्त्रालयमा अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले अर्थ सचिव राजन खनाललाई चेक हस्तान्तरण गरेका हुन्।



भारत सरकारले भूकम्पपछिको पुनःनिर्माणका लागि अनुदान सहायता स्वरुप पहिलो किस्तामा दुई अर्ब १० करोड ४३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

उक्त रकमबाट नुवाकोट र गोरखामा ४२ हजार ८६ निजी आवास पुनर्निर्माणका लागि खर्च गरिने अर्थमन्त्रालयले जनाएको छ ।

भारतले नेपाललाई २५ अर्ब अनुदान र ७५ अर्ब रुपैयाँ ऋण सहायता प्रदान गर्ने घोषणा गरेको थियो ।  भूकम्पपछि २०७२ असोजमा सम्पन्न भएको दाता सम्मेलनमा भारतले  एक खर्ब सहायत उपलब्ध गराउने घोषणा गरेको थियो ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।