४४ मेगावाटकाे सुपर मादी जलविद्युत् आयोजनामा आठ बैंकले लगानी गर्ने

Aug 17, 2018 Merolagani

कास्की जिल्लाको मादी गाउँपालिकामा आयोजनास्थल रहेको सुपर मादी जलविद्युत् आयोजनामा सानिमा बैंकको नेतृत्वमा विभिन्न आठ वाणिज्य बैंकहरुले पाँच अर्ब ७५ करोड रूपैयाँ लगानी गर्ने भएका छन् ।

कूल ४४ मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाको लागत सात अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।

कास्की जिल्लाको मादी गाउँपालिकामा आयोजनास्थल रहेको सो जलविद्युत् आयोजना आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

आयोजनामा सानिमा बैंकले एक अर्ब २५ लाख, एनआइसी एशिया बैंकले ८५ करोड, एनसिसी बैंकले ७५ करोड, सनराइज बैंकले ७५ करोड कुमारी बैंकले ७० करोड, कृषि विकास बैंकले ६० करोड, राष्ट्रिय वाणिज्य बैंकले ६० करोड र प्रभु बैंकले ५० करोड रुपैयाँ लगानी गर्नेछन् । बाँकी रकम भने लगानीकर्ताले नै लगानी गर्ने कार्यकारी अध्यक्ष ढुङ्गानाले बताए ।

जलविद्युत् आयोजनामा गरिने लगानीको सम्बन्धि जानकारी दिन आयोजित कार्यक्रममा वित्तिय व्यवस्थापनसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल र सुपर मादी हाइड्रोपावर लिमिटेडका कार्यकारी अध्यक्ष पुष्पज्योति ढुङ्गानाले हस्ताक्षर गरेका थिए ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।