कूल ऋण पूँजीलाई सर्वसाधारण सबैले खरिद गर्न सक्ने गरि स-साना एकाईहरुमा विभाजन गरिएको एकाईहरुलाई ऋणपत्र भनिन्छ । अझै प्रष्ट रुपमा भन्नु पर्दा ऋणपत्र भन्नाले कम्पनीले ऋणमा लागानी गर्ने पक्षलाई ऋणको रकम, ब्याजदर र भुक्तानी विधि, अचल जायजेथा धितो राखेको भए सोको अवस्था आदि शर्तहरु उल्लेख गरि आधिकारिक रुपमा गरिदिएको लिखित पत्र हो ।