'ग्रीड इन्टरकनेक्सन' हात्ती आयो, हात्ती आयो फुस्स नहोस्

Aug 31, 2018 Merolagani

बिमस्टेकको चौथो सम्मेलन सकिएको छ । तयारी र आथित्यको हिसाबले बिम्स्टेक सम्मेलनको जस आयोजक राष्ट्र नेपालले पाउने नै छ । तर, सम्मेलनको उपलब्धि के हो ? यस बिषयमा बहस सुरु भएको छ ।

यो सम्मेलनमा धेरै अवधारणा र प्रस्तावमा छलफल भएपनि जम्माजम्मी एउटा मात्र समझदारी पत्रमा हस्ताक्षर भएको छ, त्यो भनेको ग्रीड इन्टरकनेक्सन एमओयू नै हो ।

बंगलादेशमा लामो समयदेखि उर्जा संकट छ । सम्मेलन हुनुभन्दा केहीदिन पहिलेमात्र बंगलादेशसँग नेपालको बिद्युत व्यापारसँग सम्वन्धित एउटा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

म्यानमारका राष्ट्रपतिले पनि सम्मेलनलाई सम्वोधन गर्दै उर्जा व्यापार सम्भावनालाई पहिलो प्राथमिकता नै राखे । चाहे बंगलादेश होस या म्यानमार, यदि बिम्स्टेकमा सम्झौता भएको ग्रीड इन्टरकनेक्सनको कार्यान्वयन हुने हो भने सबैभन्दा बढी फाइदा ती देशहरुलाई बिजुली बेचेर नेपालले लिन सक्छ । किनभने नेपाल बिद्युत उत्पादनका लागि सबैभन्दा सम्भावना भएको मुलुक हो । तर, क्षेत्रीय मन्चहरुमा जतिसुकै राम्रा र लाभदायी सम्झौता भएपनि द्धीपक्षीय व्यापार सम्झौताले तिनीहरुलाई निष्कृय पारिरहेका हुन्छन ।

यहाँ पनि यस्तै भएको छ , नेपालका लागि यति महत्वपूर्ण सम्झौता भएपनि बिद्युत व्यापारमै संलग्न सरोकारवालाहरुले शंसय लिइरहेका छन । किनभने भारतले जारी गरेको अन्तरदेशीय विद्युत व्यापारसम्बन्धी निर्देशिकाले बिद्युत व्यापारको क्षेत्रीय व्यापारको अवधारणालाई थला बसाई दिने रहेछ ।

 

निर्देशिका अनुसार नेपालबाट भारतले भारतीय स्वामित्वका परियोजनाबाट उत्पादित बिजुली मात्र किन्न सक्ने रहेछ । त्यसैगरी नेपाल सरकार र भारतीय लगानीकर्ता बाहेकबाट उत्पादित बिजुली भारतको बाटो भएर अन्य मुलुकमा नेपालको बिजुली जान पनि रोकिएको रहेछ । यदि यस्तो हो भने नेपालमा लगानी गरेका चिनिँया कम्पनीले उत्पादन गरेको बिजुलीलार्इ नेपालले कुनै तेश्रो मुलुकमा बेच्न नसक्ने रहेछ । यो निर्देशिका कायम रहेसम्म बिदेशी लगानी भित्र्याएर बिद्युत व्यापार गर्ने नेपाल जस्ता मुलुक हतोत्साही हुनेछन ।

यो निर्देशिकाको मर्म भनेकै नेपालका ठूला परियोजनाहरु भारतीय कम्पनीलाई मात्र दिइयोस भन्ने देखिन्छ । भारतको यो निर्देशिका कायम रहेसम्म नेपालले कुनै तेश्रो मुलुकसँग बिद्युत व्यापार गर्न नसक्ने स्पष्ट छ । भारतीय कम्पनीलाई परियोजना जिम्मा दिने, उत्पादित बिजुली भारतले किन्ने, भारतले किनेर बचेको या नकिनेको बिजुलीमात्र तेश्रो मुलुकलाई बेच्ने आसय भारतको भएसम्म बिम्स्टेकको आज हस्ताक्षर गरिएको ग्रीड सम्झौताको औचित्य छैन । तत्काल भारतीय बिद्युत निर्देशिकाको प्रावधान परिवर्तन गर्नु जरुरी छ ।

नेपालले यो निर्देशिका सच्याउन पटक पटक ताकेता गरेपनि परिणाम नआएको उर्जा मन्त्रालय श्रोतले बताउँदै आएको छ । भारतले यो निर्देशिका नसच्याउने मनसाय राखेको भए बिमस्टेकको यो सम्मेलनले महत्वपूर्ण मानेर गरिएकाे समझदारी उधारो हुने प्रष्ट छ । नेपालको लागि यो समझदारी हात्ती आयो हात्ती आयो फुस्सा भने जस्तो हुने छ ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।