कालिका पावर कम्पनीको १२ लाख कित्ता आईपिओ भदौ २८ गतेदेखि खुल्ने

Sep 05, 2018 Merolagani

लगानी फिर्ता हुन साढे ९ वर्ष लाग्ने
कालिका पावर कम्पनीले १२ करोड रुपैयाँ बराबरको साधारण शेयर (आईपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले भदौ २८ गतेदेखि एक सय रुपैयाँ अंकित मूल्यमा १२ लाख कित्ता आईपिओ निष्काशन गर्ने भएको हो ।

कम्पनीको आइपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ६ हजार कित्ताका लागि आवेदन गर्न सकिने व्यवस्था छ । जसमा छिटोमा असोज १ गते र ढिलोमा असोज २८ गतेसम्म आवेदन गर्न पाईनेछ ।

कम्पनीको शेयर विक्री प्रबन्धकमा काठमाडौं क्यापिटल मार्केट लिमिटेड र ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट आईपिओमा आवेदन गर्न पाईनेछ । मेरो शेयरका प्रयोगकर्ताले इन्टरनेटको माध्यमबाट घरमै बसेर पनि शेयर आवेदन दिन सक्नेछन् ।

कुल निष्कासन मध्ये २४ लाख रुपैयाँ बराबरको २४ हजार कित्ता कम्पनीका कर्मचारी र ६० लाख रुपैयाँ बराबरको ६० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्टाइएको कम्पनीले जनाएको छ ।

यसअघि कालिकाले गत माघ २१ देखि आयोजना प्रभावित गोरखाका स्थानीयबासिन्दालाई १० प्रतिशत अर्थात ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आईपिओ निष्कासन गरेको थियो । साधारण सेयर जारी गरेपछि कम्पनकिो चुक्ता पूँजी ६० करोड रुपैयाँ पुग्नेछ ।

कस्तो हो कम्पनी ?

कम्पनीले गोरखामा ६ मेगावाट क्षमताको दरौदी ए जलविद्युत आयोजना निर्माण गरी हाल सञ्चालनमा ल्याएको छ । निजी क्षेत्रको कालिका ग्रुपबाट प्रवद्र्धित आयोजनाको उत्पादन लागत प्रति मेगावाट २३ करोड १० लाख रुपैयाँ छ । आयोजनाको कुल लागत १ अर्ब ३८ करोड ६२ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको अध्यक्ष तथा प्रबन्धक निर्देशकमा पूर्वमन्त्री एंवम निमार्ण व्यवसायी बिक्रम पाण्डे रहेका छन् । 

लगानी फिर्ता हुन साढे ९ वर्ष लाग्ने

आयोजनाको लगानी फिर्ता ९ वर्ष ५ महिना रहेको छ । कम्पनीले चालु आर्थिक बर्षबाट लाभांश दिनसक्ने प्रक्षेपण समेत गरेको छ । कम्पनीले चालु बर्षमा ३ करोड रुपैयाँ अर्थात चुक्ता पूँजीको पाँच प्रतिशत बराबरको शेयर लाभांश बाड्ने दाबी गरेको छ । 

कम्पनीले प्राथमिक सेयरबाट उठेको रकम ठेकेदार र अल्पकालिन कर्जा भुक्तान गर्न प्रयोग गर्ने र केही रकम दिर्घकालिन कर्जा भुक्तानीको लागि प्रयोग गरिने बताइएको छ ।

आईपिओ जारी गर्न इक्रा रेटिङ गराएको कम्पनीको आईपिओलाई इक्रा नेपालले ग्रेड फोर रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको समग्र अवस्था हेर्दा आधारभुत पक्ष औसतभन्दा कमजोर रहेको संकेत गर्छ ।

 

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।