बैंकिङ्गले बढायो नेप्से, उछाल अाएर ७० करोडको कारोबार हुँदा अरु के-के भयो ?

Sep 05, 2018 Merolagani

बैंकिङ्ग समूहमा उल्लेख्य कारोबार बढेपश्चात नेप्सेमा चार महिनापछि कारोबार रकम ७० करोड नाघेको छ । यसअघि नेप्से १३६६ अंकमा हुँदा गत बैशाख २० गते ७७ करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । बजार बढेसँगै लगानीकर्ताको सम्पत्ति एकै दिनमा २९ अर्बले बढेकाे छ । 

बुधबार नेप्से परिसूचक २३.८९ अंकले बढेर १२३४.१३ अंकमा पुगेको छ । सूचक बढेसँगै सेयर बजारमा लगानीकर्ताकाे सम्पत्ति मापन गर्ने समग्र बजार पूँजीकरण १४ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ ।

यसदिन १६७ कम्पनीको २३ लाख ७२ हजार ३६३ कित्ता सेयर ७० करोड ८८ लाख रुपैयाँ सेयर कारोबार भएको छ ।

कारोबार रकम मंगलबारको तुलनामा १८ करोड १३ लाखले बढेको हाे ।

बुधबार भएकाे कारोबारमध्ये बैंकिङ्ग समूहमा मात्रै ४३ करोड २४ लाखको कारोबार भएको छ । त्यसैगरि लघुवित्तमा ६ करोड ८९ लाख, निर्जीवन बीमाको ५ करोड २१ लाख र जीवन बीमा उप समूहमा ४ करोड २६ लाखको कारोबार भयो ।

दिनभरि नै सेयर बजारमा लगानीकर्ता बैंकिङ्ग सूचकमा नै झुम्मिएका थिए । कारोबार गर्ने उत्कृष्ट दशवटा कम्पनीमध्ये सबै बैंकहरु नै रहेका छन् । कुमारी बैंकको सबैभन्दा धेरै चार करोड ९० लाखको कारोबार भएको छ भने मेगा बैंकको एक करोड ६६ लाखको कारोबार भयो ।

गत बर्षको नाफाबाट ३५ प्रतिशत बोनस प्रस्ताव गरेको काबेली विकास बैंकको सेयरमूल्य बुधबार पनि झण्डै १० प्रतिशतले बढेर प्रतिकित्ता सेयरमूल्य २५९ रुपैयाँ पुगेको छ । काबेलीको सेयर तीन दिनयता करिब १० प्रतिशतले बढेको हो ।

हिमालयन पावर पार्टनर ९.७२, एनएमबि माइक्रोफाइनान्स ८.४७, कुमारी बैंक ८.३३, रैराङ हाइड्रोपावर, युनाइटेड इन्स्योरेन्स र कालिका माइक्रोक्रेडिट लघुवित्तको सेयरधनीले पनि ७ प्रतिशत बढीले नाफा कमाएका छन् ।

उता उत्पादमूलक कम्पनी युनिलिभरको सेयरमूल्य सबैभन्दा धेरै ३.९५ प्रतिशत र गुहेश्वरी फाइनान्सको सेयरमूल्य ३ प्रतिशतले घटेको छ । विशाल बजार, ग्लोबल आइएमई समुन्नत योजना, गोखार्ज फाइनान्स, नबिल इक्वीटी फण्ड, सिटिजन्स म्युचुअल फण्डको इकाई मूल्यमा सामान्य ह्रास आएको छ ।

कारोबारमा आएका ११ उप समूह मध्ये अधिकांश बढेका छन् । उच्च सेयरमूल्य रहेको युनिलिभरको सेयरमूल्य घट्दा उत्पादनमूलक समूह ३६.७४ अंकले ओरालो लागेको छ भने व्यापार २.७९ अंकले ऋणात्मक रह्यो ।

निर्जीवन बीमाको सूचक सबैभन्दा धेरै १६२.६७ अंकले बढेको छ । जीवन बीमा ९५.१९, लघुवित्त ४२.०९, जलविद्युत ३९.७९, विकास बैंक ३०.७९, बैंकिङ्ग २२.७४, होटल १९.११ अंकले बढेको छ । वित्त र अन्य उप समूह सिङ्गल डिजिटमा सकारात्मक रहे ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।