शेयर बजारले बुलिस ट्रेन्ड समात्दा लगानीकर्ताको लगानी वाणिज्य बैंकमा

Sep 16, 2018 Merolagani

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरुमध्ये ३२ वटा कम्पनीले गत आर्थिक बर्षको लाभांश घोषणा गरिसकेका छन् । भदौ महिनाको अन्तिम दिनसम्म कुनैपनि वाणिज्य बैंकले लाभांश प्रस्ताव गरेको छैनन्। तर लगानीकर्ता भने लाभांश घाेषणा गरेका कम्पनीमा भन्दा वाणिज्य बैंकमा  लगानी बढाउन थालेका छन् ।

पछिल्लो कारोबार दिनमा बैंकिङ्गमा भएकाे काराेबार रकमले लगानीकर्ता यसै समूहमा लगानी बढाउन थालेकाे स्पष्टै देखिन्छ । 

बजारमा काराेबार हुने सेयर वाणिज्य बैंकहरूकै धेरै रहेका छन् । १४ खर्ब ९६ अर्ब कूल बजार पूँजीकरण रहेकाे अाइतबारकाे बजारमा २७ वाणिज्य बैंककाे बजार पूँजीकरण ५४.२२ प्रतिशत अर्थात ८ खर्ब ११ अर्ब रहेकाे छ । धेरै पूँजीकरण हुने समूहमा बढाेत्तरी अाउँदा बजार वृद्दिमा टेवा पुगेकाे हाे । नेप्सेले बुलिस ट्रेण्ड समात्नुमा बैंकिङ्गमा भएको उच्च कारोबार नै प्रमुख कारण हो । 

अन्य बेला कूल कारोबारको ४० देखि ४५ प्रतिशत कूल कारोबार बैंकिङ्गमा हुने गरेको थियो । तर अहिले वाणिज्य बैंकको कारोबार हिस्सा बढेर कूल काराेबारकाे ६० प्रतिशत बढी पुगेको छ । 

साताको पहिलो दिन आइतबार पनि बैंकिङ्ग उप-समूहमा मात्रै ६१ करोड ८१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन कूल कारोबार (९१ करोड ५२ लाख) को ६७.५३ प्रतिशत हो ।

आइतबार ११.६९ अंकले बजार बढ्दा वाणिज्य बैंक समूहको उपसूचक १३.७१ अंक अर्थात १.२५ प्रतिशतले बढेको छ । साथै शेयर संख्या र रकमका हिसाबले पनि धेरै कारोबार हुने उत्कृष्ट दश कम्पनीहरुमा वाणिज्य बैंकहरु नै देखा परेका छन् । त्यस्तै ६१ करोड ८१ बढीको कारोबार यही समूहमा भएको छ । 

 

 

कम्पनीहरुले लाभांश घोषणा गर्न थालेपछि विस्तारै शेयर बजारको चमक फर्कन थालेको छ । भदौ १४ गते विहीबारदेखि निरन्तर बढ्न थालेको बजारले भदौ २१ गते लय समात्न सकेन र त्यसपछिका तीन कारोबार दिन बजार घट्न पुग्यो । आइतबार समेत गन्दा त्यसपछिका चार कारोबार दिनमा बजार बढ्दो क्रममा रहेको छ । बजारमा आएको यो उत्साहसँगै कारोबार रकम समेत अर्ब नजिक पुगेको छ ।

बजार बढ्दै गर्दा लगानीकर्ता लाभांश घोषणा गरेका कम्पनीभन्दा लाभांश घोषणा गर्न बाँकी वाणिज्य बैंकहरुको शेयरमा आर्कषित देखिएका छन् ।

शेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष तारा प्रसाद फुल्लेल बजार धेरै तल आएको अवस्थामा वाणिज्य बैंकहरूकाे सेयरमूल्य तल्लाे बिन्दुमा रहेकाे  र वाणिज्य बैंकहरुले पूँजी वृद्धिको बावजुत गत आर्थिक बर्षमा गरेको नाफाको आधारमा लगानीकर्ताले पछिल्लो रोजाइ बन्न पुगेको बताउँछन् ।

नेपाली सेयर बजारमा बजारको प्रवृति बजार जता गयो त्यसैमा लगानी गर्ने प्रवृत्तिले हाबी भैरहेकाे उनले बताए । जसका कारण  कुनै समय बीमा कहिले लघुवित्त, र अहिले वाणिज्य बैंकमा लगानीकर्ता केन्द्रीत हुने पुगेको हुनसक्ने उनको भनाई छ । 

भदौ ३१ गते आइतबारसम्म आइपुग्दा ३२ सूचीकृत कम्पनीले लाभांश घोषणा गरेका छन् । यसमध्ये लाभांश घोषणा गर्ने लघुवित्त कम्पनी एक दर्जन पुगेको छ । दश विकास बैंक, तीन फाइनान्स, तीन उत्पादनमूलक, दुई जलविद्युत र दुई सामूहिक लगानी कोषले लाभांश घोषणा गरेका छन् ।

हालसम्म प्रस्ताव गरेको लाभांशमध्ये लघुवित्त कम्पनीमा सबैभन्दा धेरै सूर्योदयले ४२.२२ प्रतिशत घोषणा गरेको छ । विकास बैंकमा काबेलीले ३५ प्रतिशत बोनस, फाइनान्समा जानकीले २२ प्रतिशत बोनस, उत्पादनमा युनिलिभरले ७०० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

जलविद्युत कम्पनीमा ङादीले १० प्रतिशत तथा दुई म्युचुअल फण्डले समान १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । 

चालू आर्थिक बर्षको दुई महिना अवधिमा व्यवसाय विस्तार राम्रो गरेका वाणिज्य बैंकको सेयरमूल्य निकै बढेको छ ।

अन्यको समेत बैंकहरुले गत बर्षमा गरेको नाफा र बाँड्न सक्ने लाभांशको आंकलनको आधारमा लगानीकर्ताको लगानी वाणिज्य बैंकको नै सेयरमा भएको छ ।

सेयर कर्जा लिनका लागि समेत अन्य कम्पनीको भन्दा वाणिज्य बैंकलाई भरोसायोग्य मानिँदै आएकाले पनि वाणिज्य बैंकमा पछिल्लो दिनमा लगानी बढ्दो छ ।

लाभांशको सिजनमा समेत बजार तल्लो बिन्दुमै छँदा लाभांशको लागि बजार प्रवेश गर्ने यो बेला लगानीकर्तालाई मौका बनेकाले पनि पछिल्लो दिनमा सूचक दिनप्रतिदिन नयाँ बिन्दुमा चुम्दाे छ । आइतबार सूचक १२५६ अंक माथि पुगेको छ ।

बजारमा हरियाली फर्किएपछि ठूला लगानीकर्ता बजारमा लगानी बढाउन थालेका छन् । महिनाको समाप्तीमा केही म्युचुअल फण्डहरुले समेत लगानी विस्तार गर्दा सेयर कारोबार रकममा समेत उल्लेख्य बढोत्तरी आएको हो ।

केही साना बैंकहरुले राष्ट्र बैंकले तोकिएको पूँजी पुर्याएको अवस्थामा बोनससँगै नगद लाभांश घोषणा गरेकाले पनि लगानीकर्तामा वाणिज्य बैंकहरुले नगद मात्र लाभांश बाँड्छन् भन्ने भ्रम लगानीकर्तामा विस्तारै हराउँदै जान थालेको छ । यसले गर्दा बजारमा वाणिज्य बैंकहरुका शेयरमा लगानीकर्ताको बढी आर्कषण देखिएको छ ।

आइतबार बजारमा सबैभन्दा धेरै कारोबार एनएमबि बैंकको दुई लाख तीन हजार ५८८ कित्ता सेयर ७ करोड ३८ लाख रुपैयाँमा खरिद बिक्री भयो । कारोबार भएको सेयर संख्याको आधारमा जनता बैंकको दुई लाख २९ हजार ६२७ कित्ता सेयर खरिद बिक्री भएको छ । जनता बैंकको ४ करोड ३२ लाखको कारोबार भएको छ ।

 

 

 

उच्च कारोबार गर्नेमा एनएमबि बैंक अग्रस्थानमा रहेको छ त्यसपछि क्रमश नेपाल बैंक, कुमारी,एनसीसी, जनता, एनआईसी एशिया, प्रभु प्राइम, सिभिल र ग्लोबल आइएमई बैंक रहेका छन् ।

सेयर संख्याका हिसाबले उच्च कारोबार हुने बैंकहरुमा क्रमश जनता, एनसीसी, एनएमबि, कुमारी, सिभिल, प्रभु, नेपाल बैंक, प्राइम, मेगा, र एनआईसी एशिया बैंक रहेका छन् ।

 

आइतबार नेप्से ११.६९ अंकले बढेर १२५६.५३ बिन्दुमा चढेको छ । यसदिन कूल १६६ कम्पनीको ३० लाख ७० हजार २३० कित्ता सेयर ९१ करोड ५२ लाख ९२ हजार २०४ रुपैयाँमा खरिद बिक्री भएका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।