दुई घण्टामै आधा अर्बको शेयर कारोबार, वाणिज्य बैंकहरु लगानीकर्ताको रोजाईमा

Sep 25, 2018 Merolagani

विस्तारै सुधारको लय समातेको शेयरबजारमा मंगलबार कारोबार खुलेको दुई घण्टाको अवधिमा झण्डै आधा अर्ब बराबरको शेयर किनबेच भएको छ । यसअवधिसम्म जलविद्युत र वित्त बोहक सबै समूहमा हरियाली छाएको छ । विशेष गरि वाणिज्य बैंकहरुमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

गत अार्थिक बर्षको लाभांश घोषणा गर्न बाँकी भएकाले पनि लगानीकर्ताको आकर्षण वाणिज्य बैंकहरुमा देखिएको हो । असाेज ८ गतेसम्म कुनैपनि वाणिज्य बैंकले गत बर्षकाे लाभांश घाेषणा गरेका छैनन् ।

अर्काेतर्फ बैंकहरुले चालू बर्षको पहिलो त्रैमासमा गरेको प्रगति आंकलन गरेर पनि लगानीकर्ताहरुको माग वाणिज्य बैंकमा देखिएको छ । केही बजारका ठूला खेलाडीहरुले पहिलो त्रैमासको नाफाका आंकलनका हल्ला फैलाएर समेत बजारमा चलखेलको प्रयास गरेको कारोबारीहरु नै बताउने गर्छन् । 

मंगलबार बजार खुलेदेखि नै निरन्तर बढेको नेप्से दुई घण्टाको अवधिमा नै करिब १३ अंकले बढेर १२७० अंक नाघेको छ ।

यसअवधिमा १५१ कम्पनीको १६ लाख ५८ हजार कित्ता शेयर ४७ करोड ८१ लाख रुपैयाँ बराबरमा किनबेच भएको छ ।

केहि साता अघि मात्र औषतमा २० करोडको कारोबार हुने बजारमा अहिले दैनिक ५० करोड बढीको कारोबार हुन थालेको छ । आजको बजारमा अझै दुई घण्टा कारोबार समय बाँकी रहँदा नै झण्डै ५० करोडको हाराहारीमा कारोबार भएको छ ।

जलविद्युत र वित्त बाहेक सबै समूहमा हरियाली छाएको बजारमा विशेष गरि वाणिजय बैंकहरुमा लगानीकर्ताको आकर्षण देखिएको छ । वाणिज्य बैंकको सूचक सबैभन्दा धेरै १८ अंक बढीले उकालो लागेको छ । कुल ४७ करोड ८१ लखको कारोबार हुँदा यो समूहको मात्रै ३७ करोड बढीको कारोबार भएको छ ।

 

 

 

दिउँसो एक बजेसम्म प्रभु बैंकको कारोबार सबैभन्दा धेरै भएको छ । जसको ४ करोड ४० लाख बढीको शेयर किनबेच भएको छ । एनआईबी, एनआईसीए, जेबिएनएल, एनबिएल तथा एनएमबि बैंक उच्च कारोबार हुने कम्पनीमा परेका छन् ।

 

 

भागर्व विकास बैंकको शेयरमूल्य सबैभन्दा धेरै ९ प्रतिशत बढीले उकालो लागेको छ भने नबिल ईक्विटी फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।