यो बर्ष दशैँमा पाँच दिनमात्रै बैंक बन्द, आशिंक सेवा भने सुचारु हुने

Oct 03, 2018 Merolagani

यो बर्षको दशैँको समयावधिमा पाँच दिन मात्रै बैंक बन्द हुने भएको छ । अघिल्ला बर्षहरुमा आठ दिन दशैं विदा भएको थियो । सरकारले सार्वजनिक विदाको कटौती गरेसँगै बैंक विदाको दिन पनि गत बर्षहरुको भन्दा तीन दिन थप कटौती भएको हो ।

अघिल्ला बर्षको दशैंमा घटस्थापना, द्वादशी र कोजाग्रत पूर्णिमामा दिनमा सार्वजनिक विदा हुने गरेको थियो । यो बर्ष भने यी तीन दिन नै बैंकहरु खुला हुनेछन् । 

ग्राहकहरुको सुविधाका लागि सार्वजनिक विदाका दिनमा पनि विगत बर्षहरुमा जस्तै यस बर्ष पनि बैंकहरुले ५६५ दिने बैंकिङ्ग सेवा भने प्रदान गर्नेछन् ।

यो बर्षमा दशैंमा असोज ३० गते फूलपातिदेखि कात्तिक ३ गते एकादशीसम्म पाँच दिन मात्र सार्वजनिक विदा हुनेछ ।

एकादशीको भोलीपल्ट अर्थात कात्तिक ४ गते आइतबारदेखि भने बैंकहरुले पूरा कार्यालय समयमा बैंकहरु खुल्नेछन् । तिहारमा ३ दिन बिदा हुनेछ ।

नेपाल राष्ट्र बैंकले २०७५ सालमा बैंकिङ क्षेत्रलाई ३६ दिन सार्वजनिक विदा निर्धारण गरेको थियो । राष्ट्र बैंकले पुरै दिन हुने बिदालाई ‘क’ वर्ग र आधा दिन हुने बिदालाई ‘ख’ वर्गमा दुई भागमा वर्गिकरण गरेको छ ।

 

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।