आठ उपसूचक बढ्दा पनि नेप्से भने स्थिर, एक अर्ब ६० करोडको कारोबार

Oct 13, 2018 Merolagani

यस साता सेयर बजारमा कारोबारमा आएका ११ उप समूहमध्ये जीवन बीमा सहित ८ उप समूहमा बढोत्तरी भएको छ भने व्यापारको सूचक स्थिर रहँदा नेप्से सहित बैंकिङ्ग र अन्यको सूचकमा गिरावट आएको छ ।

सातामा समग्र नेप्से परिसूचक ०.९१ अंकले घटेको छ । आइतबार १२२७.३७ अंकम खुलेको बजार अन्तिम दिन बिहीबार १२२८.२८ अंकमा बन्द भएको हो ।

अन्य उप समूहको सूचाङ्क सबैभन्दा धेरै १२.५३ अंकले घटेको छ भने बैंकिङ्कको इन्डेक्स सबैभन्दा धेरै ४.८५ अंकले घट्न पुग्यो ।

यस साता जीवन बीमाको सूचाङ्क सबैभन्दा धेरै ७१.०४ अंकले बढेको छ । जीवन बीमालाई पच्छाउँदै निर्जीवन बीमा पनि ६५.०५ अंकले बढ्न पुगेको छ । त्यसैगरि होटलको सूचाङ्क ५२.३३, जलविद्युत १८.३२, लघुवित्त १३.७९, अन्य १३.२२, विकास बैंक २.६५, उत्पादनमूलक १.९६, र वित्तको सूचाङ्क १.४७ अंकले बढेको छ ।

पाँचैदिन खुला रहेको यस साताको बजार तीन कारोबार दिन नेप्से सूचक बढेको छ भने दुई कारोबार दिन मात्र घटेको छ । साताको पहिलो कारोबार दिन आइतबार दोहोरो अंकले घटेको बजार सूचक अन्तिम दिन बिहीबार भने झण्डै दोहोरो अंक –९.९५) ले नै बढेको छ ।

 

शेयर बजारका लगानीकर्तालाई दशैंको माहोलले छोपेपछि अघिल्लो साताको तुलनामा यस साता कारोबार रकम समेत ३२.९१ प्रतिशतले घटेको छ । अघिल्लो साता २ अर्ब ३८ करोड ६८ लाख ६० हजार रुपैयाँको कारोबार भएको बजारमा यस साता एक अर्ब ६० करोड १२ लाख ७० हजार रुपैयाँ बराबरको मात्र शेयर खरिद बिक्री भए ।

उच्च कारोबार गर्ने कम्पनीहरुमा वाणिज्य बैंकहरुको नै दबदबा यस साता भने यस साता केही घटेको छ । उत्कृष्ट कारोबार गरेका दश कम्पनीमा वाणिज्य बैंक बाहेक अन्य चार कम्पनी रहेका छन् । 

कारोबार रकम र कारोबार भएको शेयर संख्या दुबैको आधारमा माछापुच्छ्रे बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । बैंकको ६ लाख ७६ हजार कित्ता शेयर १४ करोड ४४ लाख ८० हजार रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ ।

त्यसैगरि एनआईसी एशिया बैंक, एनएमबि बैंक, सानिमा माइ हाइड्रोपावर, नाडेप लघुवित्त, नेपाल लाईफ इन्स्योरेन्स, नेपाल बैंक, चिलिमे हाइड्रोपावर कम्पनी, मेगा बैंक नेपाल, र प्रभु बैंकको उच्च कारोबार भएको छ ।
दशौं ठूलो कारोबार भएको प्रभु बैंकको ४ करोड ३४ लाख २० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।