चाडपर्वको खर्च घटाउनुहोस् दशैं तिहार लगत्तै साढे ९ अर्बको शेयर आउँदै

Oct 14, 2018 Merolagagani

दशैं तिहार सकिए लगतै ९ अर्ब ५८ करोड रुपैयाँ बराबरको शेयर आउने भएको छ । चाडपर्व सकिए लगतै ५ अर्ब ५८ करोड रुपैयाँको साधारण शेयर र ३ अर्ब ९९ करोड रुपैयाँ बराबरको हकप्रद गरी ९ अर्ब ५८ करोड रुपैयाँ बराबरको शेयर आउने भएको हो ।

 

  शेयरमा लगानी गर्न धेरै रकम पनि नचाहिने भएकोले दशैं, तिहारमा जम्मा भएको दक्षिण जोगाएर पनि शेयर भर्न सकिन्छ । साधारण शेयर र हकप्रदमा प्रति कित्ता एक सय रुपैयाँका दरले आबेदन दिन सकिन्छ ।

अहिले सम्म नेपाल धितोपत्र बोर्डमा ५ करोड ५८ लाख ५६ हजार ५७१ कित्ता साधारण शेयरको लागि आबेदन परेको छ । जस मध्ये २ कम्पनीको १ करोड १२ लाख १५ हजार कित्ता शेयरले स्वीकृती पाइसकेको छ । हिमालयन उर्जाले भने कार्तिक ६ गते देखि नै आइपिओ निष्कासन गर्दैछ ।

बाँकी २२ कम्पनीले ४ अर्ब ५६ करोड रुपैयाँ बराबरको ४ करोड ५६ लाख ४१ हजार ५७१ कित्ता शेयरका लागि धितोपत्र बोर्डवाट आबेदन दिएको छ । बोर्डवाट आबेदन स्वीकृत भएपश्चात कम्पनीहरुले सर्वसाधारणलाई शेयर जारी गर्नेछन् ।

यस्तै ३ करोड ९९ लाख ९२ हजार ९९४.५ कित्ता हकप्रद शेयरको लागि पनि बोर्डमा आबेदन परेको छ । जसमध्ये ३ कम्पनीका १६ लाख ९० हजार २५० कित्ता बोर्डवाट स्वीकतृ पाइसकेको छ ।

बाँकी ८ कम्पनीको ३ करोड ८३ लाख २ हजार ७४४.५० कित्ता हकप्रदको लागि आबेदन परेको छ । हकप्रद शेयरमा भने सम्बन्धीत कम्पनीका हकप्रद प्रयोजन लागि तोकिएको बुक क्लोज भन्दा अगाडि कायम शेयरधनीले आबेदन गर्न सक्नेछन् ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।