सिटीसी मोबाइल हबमा मोबाइल किन्नेको भिड, शुन्य प्रतिशत व्याजदरमा मोबाइल

Oct 14, 2018 Merolagani

राजधानीको सुनधारामा केही दिन पहिले सञ्चालनमा आएको सिटीसी मोबाइल हबमा मोबाइल किन्नेको भिड लागेको छ । मोबाइल हबको सुरुवातका साथै दशैं लक्षित धमाका अफरमा मोबाइल किन्नेहरुको भिड लागेको हो ।

मोबाइल पारखीहरुका लागि नयाँ गन्तव्य मानिएको मोबाइल हबमा निशुल्क पार्किङको सहज व्यवस्था भएकाले पनि ग्राहकको भिड लागेको हो ।

मोबाइल हबले ६० प्रतिशतसम्मको छुटमा विभिन्न ब्राण्डका मोबाइलहरु बिक्री गरिरहेको छ । दशै धमाका साथै अफर भित्र पनि अफर नामक मोबाइल मेलामा शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा मोबाइल समेत किन्न सकिन्छ । साथै हरेक मोबाइलको खरिदमा हात खाली नजाने अफर राखिएको छ । हात खाली नजाने उपहारका कारण पनि मोबाइल मेलामा सेवाग्राहीको विशेष आकर्षण देखिएको हो ।

एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा दिने अफरका साथै मोबाइल सट्टा पट्टा अफर मेलाको अर्को आकर्षण बनेको छ । मोबाइल हबमा चल्ने मोबाइल मेला अवलोकन गर्न आउनेहरुलाई समेत गोलाप्रथाबाट विभिन्न ब्रण्डका मोवाइल बितरण भैरहेको छ ।

नेपालमा चल्तीमा रहेका ९० प्रतिशत बढी ब्राण्डका आधिकारिक सिर्भस सेण्टर मोबाइल हबमा छन् । नेपालमै पहिलो पटक फरक अबधारणामा सञ्चालनमा आएको मोबाइल हबमा ६० मिनेटमै मोबाइल मर्मत सेवा, मोबाइल एक्सचेञ्ज र टच एण्ड फिल जोनको समेत व्यवस्था छ ।

सबैभन्दा धेरै ब्राण्ड, सबैभन्दा धेरै भेराईटी समेटेको मोबाइल हबमा बिश्व बजारका चल्तीका २० भन्दा बढी ब्राण्डका मोबाइल फोनहरु उपलब्ध छन् । मोबाइलका एक्सेसरिजका साथै नेपालमा चल्तीमा रहेका अधिकांस ब्राण्डका ल्यापटपका लागि पनि सिटिसी मोबाइल हबमा उचित गन्तव्य बन्ने छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।