सेन्ट्रल फाईनान्सले गर्यो बोनस प्रस्ताव, कार्तिक १३ गते सम्म कायम शेयरधनीले पाउने

Oct 14, 2018 Merolagani

साढे आठ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको सेन्ट्रल फाईनान्स (CFCL) ले कार्तिक १४ गते एक दिन बुक क्लोज गर्ने भएको छ । फाइनान्सको असोज २६ गते बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताव सँगै बुक क्लोजको निर्णय गरेको हो ।

फाइनान्सले आर्थिक वर्षको २०७३/७४ को नाफावाट हाल कायम ७५ करोड ७० लाख रुपैयाँ चुक्ता पूँजीको ८.५ प्रतिशत अर्थात ६ करोड ६३ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्न लागेको हो ।

कात्र्तिक १३ गते सम्म कायम शेयरधनीले फाइनान्सको बोनस सुरक्षित गर्न सकिनेछ ।

फाइनान्सले गत आर्थिक बर्षमा ७ करोड ९३ लाख खुद नाफा गरेर प्रति शेयर आम्दानी ९ रुपैयाँ ९० पैसा कायम गरेको छ । फाइनान्सको प्रतिशेयर आम्दानी ९.९ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १२१.२० रुपैयाँ छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।