भार्गव विकास बैंकको लाभांश पारित,उपयुक्त्त संस्थासँग मर्जर/प्राप्तिकाे बाटाे खुला

Oct 15, 2018 Merolagani

भार्गव विकास बैंक (BHBL) को १० औं वार्षिक साधारणसभाले ५.८४ प्रतिशत लाभांश पारित गरेको छ । बैंकको आइतबार सम्पन्न साधारण सभाले ५.५५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२९ प्रतिशत नगद पारित गरेको हो ।

यस साथै बैंकले उपर्युक्त बैंक तथा वित्तीय संस्थासंग एक आपसमा गाभ्ने/गाभिने (मर्जर हुने), प्राप्ती/समाहित हुने सन्दर्भमा सञ्चालक समितिलाई अख्तियारी सम्पूर्ण अख्तियारी प्रदान गरेको छ ।

बोनस पश्चात बैंकको चुक्ता पुँजी र जारी पुँजी ५० करोड १६ लाख रुपैयाँ पुगेको छ भने अधिकृत पुँजी ६० करोड रुपैयाँ हुनेछ ।

बैंकले हाल प्रधान कार्यालय सहित १७ वटा शाखा कार्यालयहरुबाट सम्पूर्ण बैंकिङ सेवाहरु दिँदै आएको छ । साथै, यो आर्थिक वर्ष भित्रमा २५ वटा शाखा कार्यालयहरु पुर्याउने बैंकको योजना रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।