महिलाको आर्थिक पहुँच बढाउँदै सहकारी

Oct 16, 2018 RSS

गाउँगाउँमा सहकारी संस्था गठन र परिचालन पछि आर्थिक कारोवारमा महिलाको अधिकार र पहुँचका साथै महिला उद्यमशीलता पनि बढेको छ ।

घरभित्रको सम्पूर्ण कामको जिम्मेवारी हामी महिलाहरुको हुन्थ्यो सबै आर्थिक कारोवार पुरुषले नै गर्दथे । सहकारी संस्थावाट ऋण लिई वर्षको उत्कृष्ट उद्यममीको रुपमा पुरस्कृत हनुभएकी प्यूठान नगरपालिका–४ निवासी सुन्तली घर्तीमगरले भन्नुभयो, ‘‘सहकारीले मलाई सफल उद्यमी बनायो ।’’

गाउँगाउँमा सहकारी संस्था गठन, परिचालन र महिला लक्षित उद्यम विकासमा प्राथमिकता दिई कार्यक्रम सञ्चालन गरिएकाले उनीहरूको आर्थिक कारोवारमा अधिकार र पहँुच बढेको हो ।

साविकको खैरा गाविसका २५ युवाले मासिक रु १०० बचत गर्न शुरु गरी गठन भएको फूलबारी बचत तथा ऋण सहकारी संस्था लिको हाल कूल पूँजी रु १० करोड ८२ लाख पुगेको संस्थाका सचिव मोहन सुवेदीले प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

तीन हजार ९८३सदस्य भएको उक्त सहकारीमा दुई हजार ४६१ महिला सदस्य छन् । ६१ प्रतिशत भन्दा बढी महिला सदस्य भएको सहकारी संस्थामा रु ८ करोड ३४ लाख ८९ हजार ३०० निक्षेप रहेको संस्थामा ५० प्रतिशतभन्दा बढी महिलाहरुकै निक्षेप रहेको बताइएको छ ।

उक्त संस्थाले आफ्ना सदस्यका लागि रु दुई लाखसम्मको दुर्घटना बीमा सुविधा प्रदान गर्ने बताएको छ । संस्थाको कार्य क्षेत्रभित्र विवाह गरेर आउने नयाँ दुलहीलाई स्वागत गर्ने र महिला सदस्य सुत्केरी हुँदा पौष्टिक आहार र नव शिशुलाई भोटो लगी घरमै स्वागत गर्ने लगायत नयाँ कार्यक्रम अगाडि बढाएको छ ।

जिल्ला सहकारी सङ्घमा आवद्ध ९६ र जिल्लामा रहेका करीब २०० भदा बढी सहकारी संस्थामा महिला सदस्य नै बढी देखिन्छन् । सहकारी संस्थामा महिलाहरुको उपस्थिति बाक्लो हुनाले महिला सशक्तीकरण र उद्यमशीलतामा वृद्धि भएको कार्यक्रममा उपस्थित सहकारी अगुवाहरुको भनाइ छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।