नेपाल बैंकको एफपिओका लगानीकर्तालाई धारमा राखेर सुरु भयो बोर्ड र मर्चेण्ट बैंकरको दोहोरी

Oct 24, 2018 Merolagani

नेपाल बैंक(NBL) को एफपिओमा लगानी गरेकाहरु अझै केही समय सेयर बेच्नबाट बञ्चित हुने अवस्थामा पुग्ने देखिएको छ । बैंकको एफपिओ प्रत्याभुत गरेका मर्चेण्ट बैंकरहरु बोर्डको पछिल्लो निर्णयलाई पुनरावलोकनको माग गर्दै बुधबार धितोपत्र बोर्ड पुगेपछि लगानीकर्ता झनै समस्यामा पर्ने भएका हुन् ।

केही दिन अघि नेपाल धितोपत्र बोर्डले ८ मर्चेण्ट बैंकरहरुलाई आफ्नो खातामा सेयर जम्मा गरी दोस्रो बजारबाट तेस्रो पक्षको खातामा पठाउन निर्देशन दिएको थियो ।

नेपाल बैंकको एफपिओ निष्काशनका दौरान तेस्रो पक्षसँग सम्झौता गरेर सिधै उनीहरुको खातामा सेयर पठाउने सम्झौता मर्चेण्ट बैंकरहरुले गरेका थिए । उक्त सम्झौता उल्ट्याउदै बोर्डले दोस्रो बजारबाट मात्र तेस्रो पक्षको नाममा सेयर पठाउन निर्देशन दिएको थियो ।

सो लगत्तै मर्चेण्ट बैंकरहरुले फेरी बोर्डलाई आफ्नो निर्णयमा पुनरविचारको माग गर्दै लिखित पत्र बुझाएका छन् ।

यसरी बोर्ड र प्रत्याभुतकर्ताको दोहोरी बढ्न थालेपछि एफपिओमा लगानी गरेकाहरु अलमलमा परेका छन् । सेयर बाँडफाँड भएको लामो समय बित्दा समेत आफ्नो सेयर पाउन नसकेकाहरु घट्दो बजारको शिकार हुने देखिएको छ ।

नियामक निकायले गरेको निर्णयलाई तत्काल कार्यान्वयन गरेको भए सायद लगानीकर्ता समस्यामा पर्ने थिएनन् ।

मर्चेण्ट बैंकरहरुको समस्या पनि आफ्नो ठाउँमा छ । तर यसै पनि सेयर सूचीकरणमा भएको ढिलाईलाई झनै पर धकेल्ने गरी सुरु भएको दोहोरी भने लगानीकर्ताको हित विपरित छ ।

मर्चेण्ट बैंकरहरुले धितोपत्र बोर्डलाई लिखित रुपमा धितोपत्र बोर्डले एफपिओ स्वीकृत गर्दा यो विषयलाई हेरेको भन्दै निर्णय परिवर्तन नगर्न आग्रह गरेका छन् ।

बोर्डले दिएको स्वीकृति अनुसार नै सेयर निष्काशन भएकाले पहिलो पटकको समस्यालाई सम्झौता अनुसार तेस्रो पक्षको नाममा सेयर नामसारी गराई समस्या सुल्झाई दिन पत्र मार्फत आग्रह गरिएको छ ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।