एभरेष्ट बैंक पनि नगद लाभांशकै बाटोमा, कति प्रस्ताव गर्याे लाभांश ?

Nov 02, 2018 Merolagani

एभरेष्ट बैंक (EBL) ले पनि गत आर्थिक बर्षको नाफाबाट शेयरधनीलाई नगद लाभांश मात्र वितरण गर्ने भएको छ । बैंक सञ्चालक समितिको कार्तिक १५ गते बिहीबार सम्पन्न बैठकले २०७४/७५ को सञ्चित नाफाबाट चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यसअनुसार बैंकले चुक्ता पूँजी आठ अर्ब दुई करोड ६८ लाख ६३ हजार रुपैयाँको प्रतिकित्ता २० रुपैयाँले हुन आउने एक अर्ब ६० करोड ५३ लाख ७२ हजार ७३३ रुपैयाँ ८० पैसा प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश राष्ट्र बैंकबाट अनुमोदन भएर बैंकको आगामी वार्षिक साधारण सभा मार्फत पारित भएपश्चात मात्र शेयरधनीलाई वितरण हुनेछ ।

गत आर्थिक बर्ष २०७४/७५ मा एभरेष्ट बैंकले नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) मोडल अनुसार दुई अर्ब ७० करोड ४७ लाख रुपैयाँ फ्री प्रोफिट गरेको थियो।

यस अवधिमा बैंकको खुद नाफा ३५.८९ प्रतिशतले बढेर दुई अर्ब ७८ करोड आर्जन गरेको थियो ।

 

 

 

बैंकको शेयरमूल्य कात्तिक १५ गते बिहीबार ६२४ रुपैयाँमा कारोबार भएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।