माथिल्लो तामाकोशीको आइपिओमा दोस्रो दिनसम्म २ अर्ब माथिको आबेदन

Nov 02, 2018 Merolagani

माथिल्लो तामाकोशी हाइड्रोपावरले सर्वसाधारणलाई निष्काशन गरेको आइपिओामा दोस्रो दिन सम्ममा २ अर्ब बढिको आबेदन परेको छ । शुक्रबार साँझ सम्ममा १ लाख ७ हजार ४६५ आबेदकले तामाकोशीको आईपिओमा आवेदन गरेका छन् ।

माथिल्लो तामाकोशीको आईपिओको बिक्री प्रबन्धक नागारिक लगानी कोषका अनुसार शुक्रबार साँझ ५ बजेसम्म दुई अर्ब ७ करोड ६२ लाख रुपैयाँ बराबरको आवेदन परेको छ । १ लाख ७ हजार ४६५ आबेदकले २ करोड ७ लाख ६२ हजार कित्ताको शेयर माग गरेका छन् ।

आइपिओमा बिहिबार पहिलो दिन नै ४१ हजार ९६ लगानीकर्ताले ८२ करोड ३५ लाख ८४ हजार रुपैयाँ बराबरको आवेदन गरेको थियो ।

तामाकोशीले एक अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको एक करोड ५८ लाख ८५ हजार कित्ता साधारण शेयर (आईपिओ) कार्तिक १५ गतेदेखि खुला गरेको हो । यस आईपिओमा लगानीकर्ताले कात्तिक १९ गतेसम्म न्यूनतम ५० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था छ ।

धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट ७७ जिल्लाबाटै आईपिओमा आवेदन गर्न सकिने व्यवस्था छ । मेरो शेयर प्रयोगकर्ताले अनलाईबाटै आवेदन दिन सक्नेछन् । आईपिओ बिक्री गर्न सेयर विक्री प्रबन्धकको काम नागरिक लगानी कोष र सनराइज क्यापिटलले गरेका छन् ।

 

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।