रोजगारी सृजनाबाटै गरीबी घट्छ : अङ्कट्याड

Nov 21, 2018 RSS

विश्वका निर्धनतम देशले रोजगारीका अवसर सृजना गर्ने गतिशील व्यापार एवं उद्यमशीलताबाट मात्र गरिबीको अन्त्य गर्नसक्ने पछिल्लो एउटा अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ। संयुक्त राष्ट्रसङ्घीय व्यापार तथा विकास सम्मेलन (अङ्कट्याड) ले मंसिर ४ गते विश्वभर एकैपटक सार्वजनिक गरेको अल्पविकासति देशहरूसम्बन्धी वार्षिक प्रतिवेदनमा गरिबी घटाउने एक मात्र औजार उद्यमशीलता भएको जनाइएको छ ।

‘अल्पविकसित देश २०१८ स् संरचनात्मक रुपान्तरणका लागि उद्यमशीलता’ प्रतिवेदनले अफगानिस्तान र जाम्बियाजस्ता संसारका अति सुविधाविहीन देशले गरिबी अन्त्यका लागि गतिशील उद्यम र उद्योग सञ्चालन गर्नुपर्ने र त्यसका निम्ति सरकारले पनि नीतिगत व्यवस्था गरी त्यसलाई कार्यान्वयन गर्नैपर्नेमा जोड दिएको छ ।

व्यापार–व्यवसाय तथा रोजगारीका अवसर सृजनाबाट मात्रै विश्वका ४७ वटा अल्पविकसित देशले गरिबीलाई घटाउन सक्ने निष्कर्ष प्रतिवेदनको छ । प्रतिवेदनमा केही एशियाली, सबसाहारा अफ्रिका र धेरै टापुदेश अल्पविकसित ती ४७ देशलाई सुविधाको सूचीमा राखेर व्यापार तथा जलवायु परिवर्तनका असरबाट जोगाउन मद्दत गर्नुपर्नेमा जोड दिइएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।