चार महीनादेखि साल्ट ट्रेडिङकाे चिनी सुख्खा बन्दरगाह गोदाममै अड्कियो

Nov 21, 2018 RSS

वीरेन्द्र कर्ण । सङ्घीय सरकारले चिनी आयातमा परिमाणात्मक बन्देज ९कोटा सिस्टम० लगाएपछि सरकारी स्वामित्वमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले भित्र्याएको करीब रु १३ करोड मूल्य बराबरको दुई हजार ५०० मेट्रिकटन भारतीय चिनी सुख्खा बन्दरगाहको गोदाममा थन्किएको चार महीना भइसकेको छ ।

हिन्दूहरूको महानचाड दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी कर्पोरेसनले भारतको पश्चिम बङ्गालको हल्दियास्थित रेणुका सुगर मिलबाट सो परिमाणको चिनी आयात गरेको थियो, तर ढिलो गरी आएकाले सो चिनी भन्सार पास हुन नसक्दा गोदाममै थन्किन पुगेको हो ।

“उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भदौ ३१ गतेसम्म भन्सार क्षेत्रमा आइपुगेको चिनी छोड्ने भनी पत्र पठाएको हो”, सुख्खा बन्दरगाह भन्सार कार्यालयका अधिकृत धनबहादुर बरुवालले  भने, “तर कर्पोरेसनको चिनी ढिलो गरी असोज ६ गते आएकोले सो चिनी हालसम्म गोदममै थन्किएर रहेको छ ।”

२०७५ भदौ ३१ गते बसेको मन्त्रिपरिषद्को निर्णयलाई आधार मानी वाणिज्य विभागले चिनीको जाँचपास नगर्न पत्राचार गरेकोले यस्तो स्थिति आएको सुख्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ । सुख्खा बन्दरगाहको गोदाममा राखिएको सो चिनी छाड्नेबारे विभागबाट हालसम्म कुनै पनि निर्देशन नआएकाले चिनी गोदाममै थन्किएको भन्सार अधिकृत बरुवालले बताए ।

यता कर्पोरेसनले सो चिनी आयात गर्न एलसी ९प्रतीतपत्र० खोलेको थियो । चिनी आपुर्तिकर्ता रेणुका सुगर मिलले चिनी नेपाल पठाउन रेल्वे बुक गरेको भएपनि बुक गरेको रेल्वे जाम र चापको कारण १५ दिन ढिलो गरी सो चिनी सुख्खा बन्दरगाहमा आइपुगेकोले हालसम्म गोदाममै थन्किएको कर्पोरेसनका पर्सा प्रमुख अमोज लामिछानेले जानकारी दिए ।

“चिनी छुटाउने सम्बन्धमा केन्द्रीय कार्यालयसँग पत्राचार भइरहेको छ”, उनले भने । उनले चिनी लामो समयसम्म बन्दरगाहको गोदाममै रहेकाले दैनिक करिब रु दुई लाख जरिवाना तिर्नुपर्ने अवस्था समेत सिर्जना भएको बताए ।

विगत चार महिनादेखि सो चिनी सुख्खा बन्दरगाहको गोदाममा थन्किएको हो । चिनी आयातमा साविकमा १५ प्रतिशत भन्सार शुल्क रहेकोमा सङ्घीय सरकारले त्यसलाई बढाएर ३० प्रतिशत पुर्याएको छ ।

सरकारले चिनीमा भन्सार बढाउँदासमेत भारतबाट चिनी आउने क्रम नरोकिएपछि सङ्घीय सरकारले भदौ ३१ गतेदेखि कोटा प्रणाली लगाएका कारण असोज १ गतेदेखि कुनै पनि भन्सार नाकाबाट चिनी नेपाल आएको छैन । सरकारले चिनी आयातमा रोकलगाएपछि यहाँका उपभोक्ताहरु भारतीय चिनी प्रति केजी ७० रुपैयाँमा किन्न बाध्य छन ।

सुख्खा बन्दरगाहमा रोकिएको चिनी हालसम्म बजारमा आउन नसक्दा तस्करहरुले भारतबाट तस्करी गरी ल्याएको भारतीय चिनी महँगो दरमा खरीद गरी उपभोक्ताहरुले चाडपर्व मनाएका थिए ।

अघिल्लो आर्थिक वर्षमा सो नाकाबाट ६६ करोड ११ लाख रुपैयाँ भन्सार महसुल बुझाएर ३ अर्ब ६८ करोड रुपैयाँ बराबरको ५ करोड ६१ लाख किलोग्राम चिनी आयात भएको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।